नेपाली कांग्रेस गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताबारे जनमत संग्रहमा जान तयार ! | Khabarhub Khabarhub

नेपाली कांग्रेस गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताबारे जनमत संग्रहमा जान तयार !


६ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले गणतन्त्र, संघीयता र धर्मनिरेपक्षताको विषयमा पनि जनमत संग्रह हुनसक्ने संकेत गरेका छन् । यसका लागि आफ्नो पार्टी (नेपाली कांग्रेस) तयार रहेको पनि कोइरालाको भनाइ छ ।

बुधवार काठमाडौंको टोखास्थित आफ्नै निवासमा होली पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा कोइरालाले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको विषयमा जनमत संग्रह गर्न नेपाली कांग्रेस तयार रहेको बताएका हुन् ।

महामन्त्री कोइरालाले धर्मनिरपेक्षताको सन्दर्भमा तत्काल जनमत संग्रह गर्न सरकारलाई दवाव दिन पनि आह्वान गरे । ‘नेपाललाई धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्र बनाउनका लागि जनमत संग्रह गर्न सरकारलाई आवश्यक दवाव दिन म सबैलाई आह्वान गर्छु,’ कोइरालाले भने, ‘जनताले चाहेमा गणतन्त्र, संघीयता र धर्मनिरपेक्षाको विषयमा जनमत संग्रहमा जान कांग्रेस तयार छ ।’

नेपालमा हिन्दू धर्मावलम्बीको संख्या धेरै रहेको र नेतादेखि मतदातासम्म हिन्दूको बहुमत भएका कारण सबैलाई समेट्न हिन्दू राष्ट्र कायम हुनुपर्ने कोइरालाको जिकिर थियो ।

महामन्त्री कोइरालाले पार्टीको आन्तरिक एकतालाई सुदृढ गर्न आफू लागिपरेको पनि बताए ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार  २ : ५३ बजे

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत