उपचारका लागि प्रचण्ड पत्नी सीता रामदेवको आश्रममा | Khabarhub Khabarhub

उपचारका लागि प्रचण्ड पत्नी सीता रामदेवको आश्रममा


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई उपचारका लागि हरिद्वारस्थित रामदेवको योगपिठ लगिएको छ ।

प्रचण्डकी छोरी गंगा दाहालले आमा सीतालाई हरिद्वार स्थित पतञ्जली योगपीठ लगिएको जानकारी सामाजिक सञ्जालमार्फत दिएकी हुन् ।

उनले बाबा रामदेव र आचार्य बालकृष्णसँग भेट गरेको तस्वीर पनि शेयर गरेकी छिन् । सीताका साथमा छोरी गंगा र पूर्वमन्त्री मात्रिका यादव र उनकी पत्नीसमेत छन् ।

पार्किन्सन्स रोगबाट पीडित सीताको स्वास्थ्यमा सुधार नभएपछि उनलाई आयुर्वेदिक उपचार थालिएको हो ।

उपचारका लागि गत चैतमा प्रचण्डले पत्नी सीतालाई अमेरिका पनि लगेका थिए ।

प्रचण्ड पत्नी सीता केही समय अघिदेखि नै पार्किन्सन रोगबाट पीडित छिन् । छोरा प्रकाश दाहालको निधन भएपछि उनमा यो समस्या थप बढेको छ । अमेरिका जानु अघि प्रचण्डले भने अनुसार पहिला पार्किन्सन भित्रको भनेर सामान्य मानिए पनि यो जटिल बनेको छ ।

पार्किन्सन भित्रको पनि प्रोग्रेसिभ सुप्रान्यूक्लियरपाल्सी भन्ने रोग सीतालाई लागेको प्रचण्डले जानकारी दिएका थिए । रोग अलि जटिल नै हुन थालेको र अमेरिकामा यसको पछिल्लो प्रविधि अनुसार उपचार हुने भएपछि आफू त्यसतर्फ लागेको प्रचण्डले बताएका थिए । अमेरिकामा उपचार गरेर आएपनि सीताको स्वास्थ्यमा अपेक्षाकृत सुधार हुन सकेको थिएन ।

पछिल्लो समय सीताको शारीरिक अवस्था कमजोर बन्दै गएको छ। उनी साहराबिना हिँडडुल गर्न नसक्ने अवस्थामा पुगेकी छिन् ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  ४ : २९ बजे

नेपाली सेनामा जागिर खुल्यो , ३१९ जनाको दरखास्त आह्वान

काठमाडौं– नेपाली सेनाले विभिन्न पदहरूमा झन्डै ३१९ जनाका लागि दरखास्त

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन-चाँदी

मुुग्लिन-पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

गण्डकी– निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट

सांसद्‌हरू भन्छन्‌ – ‘निजी क्षेत्रलाई विद्युत प्रसारणलाइनमा पनि संलग्न गराऔं’

काठमाडौं – विद्युत प्रसारणलाइन विस्तारमा पनि  निजी क्षेत्रलाई भूमिका दिनुपर्ने

चेपाङ आवास कार्यक्रम : इच्छाकामनामा २२ घर निर्माण

भरतपुर– चेपाङ आवास कार्यक्रमअन्तर्गत इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका