बिरामी बालबालिकाले जब पीडा भुल्छन्.... | Khabarhub Khabarhub

बिरामी बालबालिकाले जब पीडा भुल्छन्….


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रंगीविरंगी सजावट । विभिन्न थरिका खेलौना । कोही बालबालिका चित्र कोर्दै थिए, कोही बालबालिका चेस खेल्दै ।

झट्ट हेर्दा कुनै बालग्राममा पुगेजस्तो दृष्य छ । तर, यो न कुनै बाल ग्राम हो न त उनीहरु स्वस्थ बालबालिका । यो दृष्य कान्ति बाल अस्पतालको हो । विभिन्न रोगका कारण अस्वस्थ भएर उपचारका लागि कान्ति बाल अस्पतालका आएका बालबालिका हुन् उनीहरु ।

ती बालबालिकालाई खेल्न सिकाउँदै र उनीहरुको खेलमा साथ दिँदै थिए, सेतो कोट लगाएका नर्सिङका विद्यार्थीहरु ।

एसियन कलेज फर एड्भान्स स्टडिजमा विएसी नर्सिङ कोर्ष अध्ययन गरीरहेका विद्यार्थीहरुले शुक्रबार कान्ति बाल अस्पतालको टिकट काउन्टर अगाडि बालबालिकाहरुका लागि खेलौना प्रदर्शन गरेका थिए ।

विभिन्न कारणका रोग र संक्रमणले स्वास्थ्य समस्या देखिएर अभिभावकका साथमा उपचारका लागि कान्ति अस्पतालमा आएका बालबालिका त्यहाँ खेल्न पाउँदा निकै खुसी देखिन्थें । खेलमा रमाइरहेका उनीहरुको अनुहार हेर्दा बिरामी भन्नै नसकिने खालको थियो । तर उनीहरु बिरामी भएरै अस्पताल पुगेका हुन् । खेलमा गएको ध्यानले बालबालिकाले आफ्नो रोग मात्र विर्सिएका हुन् ।

बिरामी भएर उपचारका लागि आएका चन्द्रागिरी नगरपालिकाका १३ वर्षीय सतिश खत्री नर्सिङ विद्यार्थीसँग चेस खेल्न व्यस्त छन् । नर्सिङ विद्यार्थीसँग हाँस्दै बढो सावधानीपूर्वक चेस लेखिरहेका सतिश बिरामी जस्तो देखिँदैनन् ।

सतिशको खेल हेरिरहेकी उनकी आमा पनि मख्ख छिन् । अस्पतालमा बिरामी भएर ल्याउँदा छोराले खुसी हुँदै खेल्न पाएको सतिशकी आमाले खुसी भइन् ।

‘बाबुलाई लहरे खोकीको समस्याले सताएर यहाँ उपचारका लागि ल्याएको थिए, चेकअपको रिपोर्ट आउँन बाकी नै छ, अरु बेलामा यहाँ पालो कुरेर बस्नुपर्दा मलाई पनि दिक्क लाग्थ्यो, बाबु पनि झनै बिरामी जस्तो देखिन्थ्यो,’ सतिशकी आमाले खबरहबसँग भनिन्, ‘बाबुले यहाँ खेल्ने ठाउँ छ, जाम न ममी भन्दै लिएर आयो, आज त नर्सहरुसँग चेस खेलिरहेको छ ।’

अस्पतालमा स्वास्थ्य जाँच तथा रिपोर्ट लिन पालो कुर्नुपर्दा दिक्क हुने समयमा बालबालिकाले अस्पतालमै खेल्ने वातावरण पाउँदा खुसी लागेको सतिशकी आमाले सुनाइन् ।

‘बाबु बिरामी हुँदा म जहिलेपनि कान्ति बाल अस्पतालमा नै ल्याउँछु, कान्ति अस्पतालको उता भित्र पनि खेल्ने ठाउँ छ, आज त टिकट काउन्टिर अगाडि नै खेल्ने ठाउँ रहेछ, बाबुले यसरी गेम खेल्न पाउँदा मलाई निकै खुसी लागेको छ, नर्सहरुले बाबुसँगै चेस खेल्नुभएको छ,’ सतिशकी आमाले भनिन्, ‘मेरो बाबु घरमा सिरेश भएर ल्याएको थिएँ, यहाँ यसरी खेल्न थालेपछि बाबु खुसी छ, मलाई पनि निकै खुसी लागेको छ, बालबालिकालाई यसरी खेल्न दिएकोमा कान्ति अस्पताललाई म धेरै धेरै धन्यावाद दिन चाहन्छु ।’

नर्सिङ विद्यार्थीले कान्ति बाल अस्पताल भित्रै आयोजना गरेको खेलौना प्रदर्शनमा चावहीलका ११ वर्षका बालक दिक्षान्त सुवेदी पनि खेल्दै थिए । दीक्षान्तका आमा देवकी पनि छोराले खेलेको देख्दा खुसी छिन् ।

‘मेरो बाबु वौद्धिक अपाङ्गता भएको व्यक्ति हो, उसको आँखा कमजोर छ, नशामा पनि समस्या छ, एक–एक महिनामा यहाँ आउनुपर्छ,’ दीक्षान्तकी आमा देवकीले खबरहबसँग भनिन्, ‘यहाँ खेल्न पाउँदा मेरो बाबु आज एकदमै खुसी छ, डाक्टर आउनुभयो पालो आयो जाउँ भन्दा पनि मानिरहेको छैन, स्कुल–घरमा भन्दा पनि अस्पतालमा बढी खुसी देखिन्छ, मलाई पनि एकदमै खुसी लागिरहेको छ ।’

दीक्षान्तकी आमा देवकीले खुसी हुँदै खेलौना प्रदर्शन गर्ने नर्सहरुलाई पनि धन्यवाद दिइन् ।

‘मेरो बाबुलाई सबैले बौद्धिक अपाङ्गता भनेर नराम्रो भन्छन्, आज मेरो बाबुलाई यहाँ नर्सहरुले खेल्न सिकाउँदै हुनुहुन्छ, म यहाँ दुईतिन पटक आइसके बाबु यतिधेरै खुसी भएको त पहिलो पकट हो । आज म आफैलाई मेरो बाबु बिरामी छ जस्तो लागिरहेको छैन,’ देवकीले भनिन्, ‘अस्पतालमा पनि यसरी बालबालिकालाई खेल्ने व्यवस्था गरेकोमा म नर्सहरुलाई धेरै धन्यावाद दिन चाहन्छु ।’

पेट दुख्यो भनेर स्कुलकै पोषाकमा कान्ति बाल अस्पताल आएकी ६ वर्षकी प्रकृतीले अस्पतालमा खेल्न पाएपछि पेट दुख्नै छाडेको बताइन् । छोरीको कुरा सुनेर प्रकृतीकी आमा बन्दना अचम्मित र खुसी छिन् ।

‘बिहान स्कुल जाने बेलामा पेट दुख्यो भनेर स्कुल नलगी अस्पताल ल्याए, अल्ट्रासाउण्ड गरेको रिपोर्ट कुर्दै छु, यहाँ खेल्न पाएपछि पेट पनि दुख्न छाड्यो भन्छे, झुट बोलेकी हो कि ? खेल्दा पाउँदा पेट दुखेको पनि विर्सिएकी हो,’ प्रकृतीकी आमा बन्दनाले खबरहबसँग भनिन्, ‘पेट दुख्यो भनेर ल्याएको छोरीले खेल्न पाउँदा रोग नै निको भयो भनिन्, धेरै खुसी लागेको छ, अस्पतालमा खेल्ने व्यवस्था गर्नुभएकोमा अस्पतालालाई धन्यावाद दिन चाहन्छु ।’

एसियन कलेज फर एड्भान्स स्टडिजमा वीएसी नर्सिङ पढिरहेका विद्यार्थीले एक महिनाको प्रयोगात्मक कोर्ष पूरा भएको अन्तिम दिन बालबालिकाको मनोरञ्जनका लागि खेलौना प्रदर्शन गरेको नर्सिङ शिक्षिका सुरक्षा सुवेदीले बताइन् ।

‘हाम्रो विद्यार्थीहरु प्रायोगात्मक कोर्ष पुरा गर्न कान्ति अस्पतालमा एकमहिनाका लागि आएका थिए, बालबालिकाको केयरसँगै खेलको महत्व र खेल्ने तरिकाको विषयमा पनि बालबालिका र तिनका अभिभावकलाई शिक्षा दिनुपर्छ भनेर हाम्रा विद्यार्थीहरुले आज यहाँ खेलौना प्रदर्शन गरेका हुन्,’ नर्सिङ शिक्षिका सुवेदीले खबरहबसँग भनिन्, ‘यहाँ हाम्रा विद्यार्थीले कुन उमेरका बालबालिकालाई कस्तो खेलौना दिनुपर्छ भनेर छुट्टाएका छन्, बालबालिकालाई खेल्न पनि लिएका छौं र अभिभावकलाई कुन उमेरका बालबालिकालाई कस्तो खेलौना दिने,त्यसको महत्व के हो भनेर पनि जानकारी दिइरहेका छौं ।’

आफ्ना नर्सिङ विद्यार्थीले अयोजना गरेको खेलौना प्रदर्शनीले बिरामी भएर उपचारका लागि आएका बालबालिकाले आफ्नो रोग नै विर्सिएर खेलमा रमाइरहेको नर्सिङ शिक्षिका सुवेदीले बताइन् ।

‘यहाँ बिरामी भएर चेकअप गर्न आउँदा बालबालिका तनाव लिइरहेका हुन्छन्, यहाँ खेल्न पाउँदा बिद्यार्थीहरु एकदमै खुसी भएका छन्, बालबालिका रोग नै विर्सिएर खुसी भइरहेका छन्,’ नर्सिङ शिक्षिका सुवेदीले भनिन्, ‘रोगलाई निको पार्न खुसी हुनुपर्छ, बालबालिका आफु विरामी भएको कुरा नै विर्सिएर खेल्दा उनीहरुको रोग निको हुन पनि सहयोग पुर्‍याइरहेको छ ।’

कान्ति बाल अस्पताल बालबालिकाहरुको मात्र उपचार गर्ने केन्द्रिय बाल अस्पताल हो । उपचारका लागि आउने बालबालिकालाई लक्षित गर्दै अस्पतालले खेलौना सहितको खेल कक्षको पनि व्यवस्था गरेको छ । कान्ति बाल अस्पतालमा प्रयोगात्मक अभ्यासका लागि आउने नर्सिङ विद्यार्थीहरुले पनि समय समयमा अस्पतालभित्रै खेलौना प्रदर्शनी आयोजना गर्छन् ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  ४ : ०६ बजे

डीआईजी चन्दलाई गण्डकी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी

काठमाडौं- गृहमन्त्रालयले डीआईजी दुर्गा सिंह चन्दलाई गण्डकी प्रदेश प्रमुखमा सरुवा

अफगानिस्तानमा उच्च वर्षापछिको बाढीले ७० विद्यालय तथा मदरसा क्षतिग्रस्त

काबुल– हालैको उच्च वर्षापछिको बाढीले अफगानिस्तानको उरुजगन प्रान्तमा करिब ७०

गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

मोरङ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य र शिक्षामा जनताको

टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ‘ए’ टिम

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ टिम अभ्यासमा जुटेको छ । शनिबारदेखि

हिमालयन हाइड्रो एक्स्पोमा सार्वजनिक भयो कोमात्सु स्काभेटर

काठमाडौं– हिमालयन हाइड्रो एक्स्पो २०२४ मा कोमात्सु स्काभेटर सार्वजनिक गरिएको