नेकपा सचिवालय बैठकले मन्त्रीको टुंगो लगाउन सकेन | Khabarhub Khabarhub

नेकपा सचिवालय बैठकले मन्त्रीको टुंगो लगाउन सकेन


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मन्त्रिमण्डल पुनर्गठनका लागि भन्दै बसेको नेकपा सचिवालय बैठकले यसबारेमा कुनै निर्णय लिन सकेन ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधवार दिउँसो बसेको नेकपा सचिवालय बैठकले मन्त्रिमण्डल हेरफेरको विषयलाई अनुमोदन गर्ने भनिएपनि कुनै निर्ण भने नभएको हो ।

नेकपाका सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले मन्त्रिमण्डल हेरफेरका बारेमा बैठकमा कुनै छलफल नभएको बताए । ‘मन्त्रिमण्डल हेरफेर प्रधानमन्त्रीको विशेषाधिकार भएका कारण आजको बैठकमा यसबारेमा कुनै छलफल भएन’ प्रवक्ता श्रेष्ठले भने ।

बैठकले सरकारको नेतृत्व पार्टी अध्यक्ष केपी ओली र पार्टीको नेतृत्व अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै प्रचण्डले कार्यकारी अध्यक्ष चलाउन पाउने भएका छन् भने केपी ओली पाँच वर्षका लागि प्रधानमन्त्री भएका छन् ।

प्रचण्डले यसअघि आफूलाई कित सरकार कित पार्टीको नेतृत्व दिनुपर्ने बताउँदै आएका थिए ।

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरणका बेलामा एउटाले पार्टी र अर्कोले सरकारको नेतृत्व गर्ने विषयमा ओली प्रचण्डको सहमति भएको थियो ।

त्यस्तै सरकारको नेतृत्व आधा आधा गर्ने विषयमा भएको सहमतिबारे प्रचण्डले बेलाबेलामा सहमतिको पालना हुनुपर्ने बताउँदै आएका थिए ।
सरकार सञ्चालनमा भागबण्डा नहुने हो भने आफूले पार्टी सञ्चालन गर्न पाउनुपर्ने प्रचण्डको भनाइ थियो ।

त्यस्तै नेकपाका नेता माधव कुमार नेपालले समेत एक व्यक्ति एक पद हुनुपर्ने लविङ गर्दै आएका थिए ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  ३ : ५२ बजे

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत