१८ दिन हिँडेर ४८० किमि यात्रा गर्ने भक्तालु कुकुरको कथा (फोटो फिचर) | Khabarhub Khabarhub

१८ दिन हिँडेर ४८० किमि यात्रा गर्ने भक्तालु कुकुरको कथा (फोटो फिचर)


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – आजकल मानिसहरुले धर्मकर्म बिर्सदै गएका छन् । पूराना रीतिथितीसमेत हराउँदै गएको छ । वैज्ञानिक युगभन्दै प्रविधिमा रमाउने नयाँ पुस्ताले भगवान्, मठमन्दिरप्रति अनास्था राख्दै आएका छन् । तर यस्तैमा एक कुकुर भने भगवान दर्शनका लागि निस्किएका भक्तालुसँग लगातार १८ दिनदेखि हिँडिरहेको छ । पत्यार नलाग्ने यो घटना भारतको हो ।

भारतको केरलामा रहेको चर्चित सबरीमाला मन्दिरमा भगवान अयप्पाको दर्शनका लागि हिँडेका १३ जना भक्तजनको समूहमा एउटा कुकुर पनि समावेश भएको छ ।

कुकुर घरपालुवा भएकाले मालिकको पछि लागेर बजार वा मन्दिरसम्म पुग्नु कुनै अनौठो कुरा होइन । तर कर्नाटकबाट केरलास्थित सबरीमाला मन्दिरको दर्शनका लागि पैदल यात्रामा निस्किएको टोलिसँग लगातार १८ दिन हिँडेर ४८० किलोमिटरको यात्रा गर्नु भने चानचुने कुरा होइन । हो, एउटा कुकुर मन्दिर दर्शनका लागि हिँडेका भक्तालुको अघिपछि गर्दै लगातार १८ दिनदेखि हिडिरहेको छ ।

३१ अक्टूबरबाट आन्ध्र प्रदेशको तिरुमालाबाट सबरीमालाको दर्शनका लागि १३ जना भक्तालु पदयात्रामा निस्किएका छन् । ती भक्तालुका अनुसार भगवान अयप्पाको दर्शनका लागि पदयात्रा शुरुवाततँगै उक्त कुकुर उनीहरुको साथमा हिँडेको थियो । शुरुवातमा ध्यान नदिएपनि लामो यात्रासम्म सँगै निस्किएको कुकुर अहिले उनीहरुको साथमा नै हिँडिरहेको छ ।

उक्त कुकुरलाई धेरैले भगवान अयप्पाको भक्त मानेका छन् । कार्तिक ३१ गते शनिबार साझँबाट सबरीमाला मन्दिर दर्शनका लागी खोलिएको छ । जहाँ महिलाले प्रवेश पाउने कि नपाउने भन्नेमा विवाद कायमै छ ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  १ : ३३ बजे

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं– दुग्ध विकास संस्थान (डिडिसी)ले  किसानलाई ४८ करोड भुक्तानी गरेको

तान्जानियामा बाढीमा परी १५५ को मृत्यु

 काठमाडौं– तान्जानियामा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी

व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहको निर्देशन

काठमाडौं– गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४

जिब्रोमा नून बोक्नेको तरकारी चाख्ने सोख

घरव्यवहारबाट वाक्क, दिक्क, प्याक्क भएपछि एक वृद्ध बनबास गएछन्। वनबास

कक्षा १२ छिचोल्ने प्रयास (तस्बिरहरू) 

काठमाडौं– यस वर्षको कक्षा १२ को बोर्ड परीक्षा आजदेखि सुरु