रोजगारदाता कम्पनीले आप्रवासी श्रमिकको मानव अधिकारमा ध्यान दिनुपर्छ–मन्त्री विष्ट | Khabarhub Khabarhub

रोजगारदाता कम्पनीले आप्रवासी श्रमिकको मानव अधिकारमा ध्यान दिनुपर्छ–मन्त्री विष्ट


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रोजगारदाता देश आप्रवासी श्रमिकको मानवअधिकारका विषयमा गम्भीर हुनुपर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले बताएका छन् ।

अन्तराष्ट्रिय श्रमिक संगठन (आइएलओ)को आयोजनामा बुधबारदेखि शुरु भएको एसिया क्षेत्रिय सम्मेलनको राजधानीमा उदघाटन गर्दै श्रम मन्त्री विष्टले वैदेशिक रोजगारीमा सामेल नागरिकको मानव अधिकारका विषयमा सरकार गम्भीर भएर काम गरिरहेको बताए ।

विश्वका श्रमिक रोजगारदाता कम्पनीबाट समान व्यवहार होस् भने चाहने मन्त्री विष्टको भनाइ थियो ।

आर्थिक उन्नतिको मुख्य पाटो श्रमिक भएको कारण उनीहरुको मानवअधिकार र अन्य विषयमा विश्व समुदाय गम्भीर भएर काम गर्नुपर्ने उनको भनाइ थियो। मन्त्री विष्टले भने, ‘रोजगारीका नाममा भइरहेको मानव तस्करी, महिला बेचबिखन चुनौतीका रुपमा देखा परिरहेका छ । यस्ता विषयमा सबैको सहकार्य जरुरी रहेको छ ।’

श्रमिक समस्या रोजगारीसँग मात्र नजोडीएको आइएलओका नेपाल प्रमुख रिर्चाट होर्वटले बताएका छन् । श्रमिकका हकअधिकारका विषयमा कामदार लिने र दिने देशहरु गम्भीर भएर काम गर्ने पर्ने उनको भनाइ छ ।

एसियाका देशबाट वार्षिक रोजगारीमा १६ करोड ५ लाख नागरिक रोजगारीको खोजीमा तेस्रो देश जाने गरेका छन् । यसरी रोजगारीमा जाने श्रमिकको मानवअधिकारका संरक्षणमा जोड दिनुपर्ने आइएलओले औल्याएको छ ।

विश्वमा १ अर्ब ५ करोड २० लाख वालश्रम रहेको आइएलओ प्रतिवदेनले देखाएको छ । आज विश्व अन्तराष्ट्रिय वाल दिवस मनाइरहँदा बाल श्रम विश्वलाई चुनौती विषय बनीरहेको कार्यक्रमका वक्ताले बताएका छन् । एसिया क्षेत्रिय सम्मेलन शुक्रबार सम्म चल्ने छ ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  १२ : ०२ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड