टोटेनहमका प्रशिक्षक माउरिसियो पोचिटिनो बर्खास्त | Khabarhub Khabarhub

टोटेनहमका प्रशिक्षक माउरिसियो पोचिटिनो बर्खास्त


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- टोटेनहमले प्रशिक्षक माउरिसियो पोचिटिनोलाई बर्खास्त गरेको छ । प्रिमियर लिग क्लबमा ५ बर्ष बिताएका पोचिटिनालाई टोटेनहमले बर्खास्त गरेको हो ।

नयाँ सिजनमा क्लबको सुरुवात निकै निराशपुर्ण छ । क्लब अहिले तालिकाको १४ औ स्थानमा छ । ४७ बर्षका प्रशिक्षकको विकल्पको रुपमा जोसे माउरिन्होलाई हेरिएको छ ।

क्लबले अघिल्ल्लो सिजनको अन्त्य र नयाँ सिजनको सुरुवात अत्यन्तै निराशाजनक रहेको बताएको छ । पोचिटिनोलाई क्लबले सन् २०१४ मा अनुबन्धन गरेको थियो । उनकै नेतृत्वमा टोटेनहमले अघिल्लो सिजनको च्याम्पियन्स लिगको फाईनल खेलेको थियो ।

मड्रिडमा भएको सो खेल टोटेनहमले लिभरपुलसंग गुमाएको थियो । साउथह्याम्टनका पुर्व प्रशिक्षक पोचिटिनाले टोटेनहमलाई लिग कपको फाइनल खेलाउनुका साथै पहिलो सिजनमै तेस्रो बनाएका थिए । त्यस्तै सन् २०१७ को सिजनमा उपविजेता समेत बनाएका थिए ।

तर क्लबको पछिल्लो प्रर्दशन निकै नाजुक थियो । टोेटनहम च्याम्पियन्स लिग फुटबलमा बार्यन म्युनिखको हातबाट घरेलु मैदानमा ७–२ ले हारेको थियो ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  ७ : ३१ बजे

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्