आलम मुद्दाबारे देउवाको स्पष्टीकरण– कांग्रेस अनुसन्धानको विपक्षमा उभिँदैन | Khabarhub Khabarhub

आलम मुद्दाबारे देउवाको स्पष्टीकरण– कांग्रेस अनुसन्धानको विपक्षमा उभिँदैन


२ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मोहम्मद अफताव आलामको मेद्दामा पूर्वाग्रह र दवावमुक्त रहेर अनुसन्धान भए कांग्रेसको सहयोग रहने बताएका छन् ।

निर्दोष कोही दण्डित नहुने र दोषीलाई उन्मुक्ति हुन नहुने कांग्रेसको प्रस्ट मान्यता रहेको देउवाको भनाइ छ ।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा भक्तपुरमा आयोजित प्रशिक्षण कार्यक्रममा व्यक्त धारणाले केही अन्यौल र अस्पस्टता पारेको भन्दै देउवाले त्यसलाई चिर्न भन्दै विज्ञप्ति जारी गरेका छन् ।

‘कुनै पनि गम्भीर मुद्दामा प्रकृयागत ढिलासुस्ती हुँदा त्यसले निर्दोष सावित हुने या दोषी ठहर हुने सत्यतथ्य अन्वेषण गर्ने कार्यमा बाधा पुग्छ नै’ देउवाले विज्ञप्तिमा भनेका छन्,‘१२ वर्ष पुरानो मुद्दामा मैले यही संकेत गरेको हुँ । तर कानूनी राज्यमा विश्वास गर्ने नेपाली कांग्रेस कोहीमाथि पनि जरुरी अनुसन्धानको विपक्षमा उभिन सक्दैन ।’

प्रकाशित मिति : २ कार्तिक २०७६, शनिबार  ४ : ५० बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार