सुनको मूल्य आजपनि घट्यो, कतिमा भइरहेको छ कारोबार ? | Khabarhub Khabarhub

सुनको मूल्य आजपनि घट्यो, कतिमा भइरहेको छ कारोबार ?


२ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भदौ अन्तिम सातादेखि लगातार ओरालो लाग्न थालेको सुनको मूल्यमा आज पनि गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला र तेजाबी सुनको मूल्य प्रतितोला रु ६०० ले घटेको हो । त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला रु १५ ले घटेको छ ।

स्थानीय बजारमा छापावाला सुनको मूल्य रु ७० हजार ७०० निर्धारण गरिएको महासङ्घले जनाएको छ । बुधबार छापावाला सुन प्रतितोला रु ७१ हजार ३०० मा कारोबार भएको थियो ।

तेजाबी सुनको मूल्य रु ७० हजार ४०० कायम गरिएको छ । बुधबार तेजाबी सुन प्रतितोला रु ७१ हजारमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य पनि घटेर प्रतितोला रु ८५५ पुगेको छ ।

साउनको पहिलो सातादेखि उकालो लाग्न थालेको सुन भदौ अन्तिम सातासम्म पनि घट्न सकेको थिएन । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको महासङ्घले जनाएको छ ।

आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔस एक हजार ४९६.५ अमेरिकी डलरमा झरेको छ । यसअघि विश्वबजारमा सुनको मूल्य प्रतिऔस एक हजार ५४० अमेरिकी डलरसम्म पुगेको थियो ।

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार  २ : ३३ बजे

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान