इन्धन बोकेको ट्रक विष्फोट हुँदा २० जनाको ज्यान गयो | Khabarhub Khabarhub

इन्धन बोकेको ट्रक विष्फोट हुँदा २० जनाको ज्यान गयो


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कम्पाला– अफ्रिकी मुलुक युगाण्डामा इन्धन बोकेको ट्रक विष्फोट हुँदा कम्तीमा २० जनाको ज्यान गएको छ ।

युगाण्डाको पश्चिमी पश्चिमी युगाण्डाको रुबुरिजी जिल्लामा इन्धन बोकेको ट्रकले नियन्त्रण गुमाउँदा एक्कासी आगलागी भएको र सोही कारण विष्फोट भएको अधिकारीले जनाएका छन् । मारिनेहरुको शवलाई पोष्ट मार्टम तथा डिएनए परीक्षणका लागि अस्पताल लगिएको जनाइएको छ ।

उक्त ट्रक केन्याबाट प्रजातान्त्रिक गणतन्त्र कङ्गोतर्फ गइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सडक सुरक्षाको कमी, ट्राफिक नियमको अवहेलना तथा कमजोर पूर्वाधारका कारण युगाण्डामा हुने सवारी दुर्घटनामा हरेक वर्ष सयौंको ज्यान जानेगरेको छ ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ६ : १८ बजे

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार सन्

आज आमाको मुख हेर्ने दिन : मातार्तीर्थमा मेला

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिनमा जन्मदाता

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार

आज २०८१ साल वैशाख २६ गते बुधारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका