१२ वर्षमा एक पटक फूल्ने अनौठो फूल (फोटो फिचर) | Khabarhub Khabarhub

१२ वर्षमा एक पटक फूल्ने अनौठो फूल (फोटो फिचर)


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘१२ वर्ष’लाई इतिहासमा एउटा बिम्बका रुपमा लिइन्छ । नेपालीमा त अझ एउटा उखानै छ– ‘१२ वर्षमा बगेको खोलो पनि फर्कन्छ’ ।

‘१२ वर्ष’लाई प्रकृतिले पनि खास महत्व दिएको पाइन्छ । यसको एक उदाहरण हो– १२ वर्षमा एकपटक फूल्ने फूल । भारतको केरलस्थित मुन्नारमा यो एक प्रजातिको फूल १२ वर्षमा एक पटक फूल्छ । फूल फूलेपछि वातावरण नै मनमोहक तुल्याउँछ । समुद्र सतहबाट एक हजार ६०० मिटरभन्दा बढी उचाईमा रहेको पहाडी क्षेत्रमा यो फूल फूल्ने गर्छ । फूल फूल्ने समयमा पर्यटकको चहपहल पनि निकै हुने गर्छ ।

‘नीलकुरिन्जी’ नामक उक्त फूल फूल्ने फूल्ने समयमा पहाडले नै कपडा फेरेको भान हुन्छ । ‘नीलगिरी’ पर्वतको नाम यसै फूलका नामबाट राखिएको बताइन्छ ।

यसअघि यो फूल सन् २००६ मा फूलेको थियो । १२ वर्ष पूरा भएसँगै सन २०१८ मा पुनः यो फूल फूलेको हो । सन् २००६ मा यो फूल फूलेको मौसममा करिब ३ लाख पर्यटकले सो क्षेत्रको अवलोकन गरेको बताइन्छ । यो फूल अगस्ट महिनाबाट फूल्न थाल्छ भने नोभेम्बरबाट यसको सिजन सकिन्छ ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ९ : ५० बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम