कर्माको गुनासो – धेरैजसो फिल्मकर्मी राम्रो फिल्म बनाउन हैन, पैसा कमाउन आउने रैछन् ! | Khabarhub Khabarhub

कर्माको गुनासो – धेरैजसो फिल्मकर्मी राम्रो फिल्म बनाउन हैन, पैसा कमाउन आउने रैछन् !


७ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  फिल्म ‘सानो संसार’ भन्नबित्तिकै दर्शकले कर्मा शाक्य र नम्रता श्रेष्ठको जोडी सम्झिहाल्छन् । त्यसपछि कर्मा अभिनित कैयन् फिल्म आए तर कुनै फिल्म पनि उनको करिअरमा कोशेढुंगा बनेनन् । उनी अभिनित फिल्मले राम्रै व्यापार गरेका भएपनि सोलो हिरोको भूमिकामा देखिएका फिल्म खासै छैनन् ।

केही हप्ताअघि मात्र रिलिज भएको फिल्म ‘गरुड पुराण’ मा उनको भूमिका थियो तर कर्मालाई साइड हिरोकै रुपमा दर्शकले हेरे । एक जमानामा फिल्म क्षेत्रमा राम्रो सम्भावना देखाएका कर्माले नाटकमा पनि काम गरिरहेका छन् । तर उनका नाटकप्रति पनि दर्शक अ‍ाकर्षित भएको देखिँदैन ।

कर्मा भने यो क्षेत्रमा धेरै फिल्म खेल्नभन्दा पनि राम्रो फिल्म खेल्न आएको बताउँछन् । खबरहबसँगको कुराकानीमा कर्माले आफूले यो क्षेत्रमा धेरै फिल्म खेल्नभन्दा पनि राम्रो फिल्म खेल्ने उद्देश्यसहित आएको बताए ।

‘नेपाली चलचित्र क्षेत्रमा एउटा राम्रो फिल्म बनाऊँ भन्दा पनि कसरी पैसा कमाउने भन्ने होडबाजी चलिरहेको छ, जुन कुरामा मलाई रुचि थिएन,’ कर्माले खबरहबसँग भने, ‘यसरी त चल्दैन रैछ भन्ने लाग्यो, त्यसपछि मैले अफर आएका फिल्म खेल्न थालेँ, किनकि मैले यो बाहेक जानेको पनि केही छैन ।’

‘राम्रा फिल्म खेल्छु भनेर मात्र नहुने रैछ, चुजी हुने आफ्नो ठाउँमा छ, त्योभन्दा पहिले मैले फिल्ममा काम गर्नैपर्छ, आफू पालिनैपर्छ,’ कर्माले अगाडि थपे ।

उनको बुझाइमा नेपालमा राम्रा फिल्ममेकर एकदमै कम छन् । तीमध्ये केही मेकरले मात्र फिल्म राम्रो बनाउँछन् । ‘राम्रा मेकरले वर्षमा एउटा हैन, पाँच वर्षमा एउटा फिल्म बनाउनुहुन्छ, फेरि उहाँहरुले मलाई नै लिनुहुन्छ भन्ने पनि छैन ।’

अभिनयमा राम्रो गर्न सक्ने भनिएका कर्माले पछिल्ला फिल्ममा भने कमाल गर्न सकेका छैनन् । उनको अभिनय रहेको फिल्म ‘द म्यान फ्रम काठमाडौं’ चैत्र १ गतेबाट रिलिज हुँदैछ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  ८ : २६ बजे

सोलुखुम्बुमा सरकारी जग्गा बिक्री गर्ने १० जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार

एकल र साझा अधिकार सूचीमा रहेका कानून सरकारले छिटो बनाउनुपर्छ : मन्त्री श्रेष्ठ

हेटौँडा– बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन

रविमाथि छानबिन नभए बजेट अधिवेशन चल्दैन : रमेश लेखक

काठमाडौं- फागुन २१ गते अचानक माओवादी–कांग्रेस गठबन्धन सरकार फेरिएपछि नेपाली

संविधानलाई पूर्ण बनाएर सफल कार्यान्वयन गर्नुपर्छ : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले संविधानलाई पूर्ण

उपनिर्वाचनको दिन मतदान केन्द्रसम्म सार्वजनिक गाडी चलाउन पाइने 

काठमाडौं– निर्वाचन आयोगले शनिबार हुने इलाम र बझाङको उपनिर्वाचनको मतदानको