अफ्रिका कप अफ नेसन्सको उपाधिका लागि सेनेगल र अल्जेरिया भिड्दै | Khabarhub Khabarhub

अफ्रिका कप अफ नेसन्सको उपाधिका लागि सेनेगल र अल्जेरिया भिड्दै


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अफ्रिका कप अफ नेसन्सको फाइनलमा शुक्रबार राति सेनेगल र अल्जेरिया भिड्ने भएकाछन् । इजिप्टमा जारी प्रतियोगिताको फाइनल खेल कायरो अन्तर्रा्ष्ट्रिय रंगशालामा हुनेछ ।

खेल नेपाली समय अनुसार शनिबार बिहान पौने १ बजे शुरु हुनेछ । अफ्रिका कपको उपाधिका लागि राति अल्जेरिया र सेनेगल प्रतिस्पर्धा गर्दैछन् । सन २०१७ को संस्करणमा क्वार्टरफाइनलबाट घर फर्किएको सेनेगल उत्कृष्ट फर्ममा रहँदै यो सिजनमा फाइनलमा पुग्न सफल भएको हो ।

सेमिफाइनलमा सेनेगलले ट्युनिसियालाई १–० गोल अन्तरले पराजित गर्दै फाइनल पुगेको थियो भने अर्को टोली अल्जेरियाले नाइजेरियालाई पराजित गर्दै फाइनल भिडन्त पक्का गरेको हो । बिहीबार बिहान सम्पन्न खेलबाट नाइजेरिया अफ्रिका कपको तेस्रो भएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  ६ : ५६ बजे

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार

कांग्रेस बलियो भए मात्रै सबैले फाइदा लिन सक्छन् : डा. महत

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले