भक्तपुर फुटबल संघमा विवाद– दर्ता नभएका क्लवलाई राखेर लिग गर्न खोज्दा समस्या | Khabarhub Khabarhub

भक्तपुर फुटबल संघमा विवाद– दर्ता नभएका क्लवलाई राखेर लिग गर्न खोज्दा समस्या



भक्तपुर – भक्तपुर जिल्ला फुटबल संघमा पुनः विवाद भएको छ । जिल्ला फुटबल संघले आयोजना गर्ने लिगमा आफूहरुलाई सहभागी नगराएर अन्याय गरेको भन्दै विभिन्न आठ क्लबले असन्तुष्टि व्यक्त गरेका छन् ।

जिल्ला खेलकुद समितिमा दर्ता नै नभएका क्लबहरुलाई लिगमा सहभागि गराएको र दर्ता भएका क्लबहरुलाई निरुत्साहित गर्ने गरि जिल्ला फुटबल संघ अगाडि बढेको उनीहरुको आरोप छ ।

असन्तुष्ट क्लवहरुले लिगमा आफूहरुलाई सहभागि नगराएको, अनावश्यक कारबाही गरको र नियमावली अनुरुप जिल्ला संघ नचलेको उनीहरुले आरोप लगाएका हुन् ।

असार २६ गतेदेखि शुरु हुने तय भएको भएपनि लिग हुन शुरु हुन सकेको छैन । लिगमा सहभागी हुने १० टिममध्ये ६ टिम जिल्ला खेलकुद विकास समितिमा दर्ता नभएको र उनीहरुलाई गैरकानूनी रुपमा लिगमा सहभागि गराउन लागेको भन्दै असन्तुष्ट क्लवहरुले जिल्ला संघ एउटा नगरको संघ जसरी प्रस्तुत भएको आरोप लगाएका छन् ।

भक्तपुरमा रहेका सत्यनारायण फुटबल क्लब, दिव्यश्वरी युवा समाज, ख्वपः फुटबल क्लब, नेवालय फुटबल क्लबसहित थिमी युथ क्लब, ख्वप्रि फुटबल क्लब र दी बेस्ट टिमले एन्फाको बार्षिक कार्यक्रम अन्तर्गत सञ्चालन भएको जिल्ला लिगमा सहभागी गराउन माग गरेका छन् ।
असार २६ गतेदेखि सञ्चालन गर्ने भनि भक्तपुर जिल्ला फुटबल संघले असार २० गते खेलतालिका सार्वजनिक गरेको थियो ।

उक्त खेलतालिका अनुसार सिद्धि गणेश, बासुकी युवा क्लब, नेपालय फुटबल क्लब, ख्वप यूनाइटेड, भक्तपुर डिलाइट क्लब, भक्तपुर नगरपालिका क्लब, भक्तपुर युवा टिम, रिले फुटबल क्लब, भक्तपुर युथ क्लब र स्विट सर्कल क्लब जिल्ला लिगमा समावेश छन् ।

लिगका खेल्न दर्ता भइसकेका १० क्लबमध्ये ६ वटा क्लब गैरकानुनी रहेको भक्तपुर फुटबल क्लबका अध्यक्ष राज कुमार प्रजापतिको भनाइ छ ।

प्रजापतिका अनुसार सिद्धि गणेश, स्विट सर्कल, भक्तपुर नगरपालिका क्लब, ख्वप यूनाइटेड, भक्तपुर युवा टिम र भक्तपुर यूथ क्लब गैर कानूनी हुन् ।

मापदण्ड पूरा नगरेका क्लबलाई लिगमा सहभागि गराउन लागेको भन्दै असन्तुष्ट पक्षले अखिल नेपाल फुटबल संघ (एन्फा) सहित अन्य निकायसमक्ष कारवाहीको माग गरेका छन् ।

आफूहरुले लिगमा खेल्ने अनुमति नपाए अदालत जाने असन्तुष्ट पक्षले चेतानवी दिएको छ ।

भक्तपुर जिल्ला फुटबल संघ विवादको कारण

गत वर्ष भएको एन्फाको निर्वाचनमा मात्र तीन क्लबलाई समावेश गर्दै जिल्ला फुटबल संघ भक्तपुरले निर्वाचन गरेको थियो । एन्फाको विधानमा जिल्ला संघ गठनका लागि १० क्लब अनिवार्य हुने व्यवस्था गरिएको छ ।

तर तीन क्लब मात्र सहभागी भएको निर्वाचनलाई एन्फाले मान्यता दियो । सोही अनुसार उनीहरु एन्फा निर्वाचनको केन्द्रीय प्रतिनिधिसमेत बनेका थिए । तर सो निर्वाचन अवैधानिक भएको भन्दै असन्तुष्ट पक्षले त्यति बेलै अदालतमा मुद्दा समेत दायर गरेको थियो ।

जिल्ला संघसँग सहमति भएपछि असन्तुष्ट पक्षले अदालतबाट उक्त मुद्दा फिर्ता लिएको थियो । अहिले फेरि लिग सञ्चालनमा जिल्ला नेतृत्वले अस्तित्वमा रहेका क्लबहरुलाई पञ्छाएर अगाडि बढ्न खोज्दा समस्या देखिएको छ ।

एन्फाको बार्षिक कार्यक्रम अन्तर्गत सबै सदस्य जिल्लाहरुले लिग सञ्चालन गरिरहेका छन् । त्यसका लागि भक्तपुर जिल्ला फुटबल संघले सार्वजनिक विज्ञापन ग¥यो । विज्ञापन अनुसार भक्तपुर जिल्लामा रहेका क्लबहरु दर्ताका लागि पुगे । तर, जिल्ला संघले माथि उल्लेखित ८ वटा क्लबहरुलाई दर्ता हुन दिएन ।

क्लवहरुलाई दर्ता गर्नुको सट्टा जिल्ला संघले उल्टै ति क्लवहरुमाथि अनुसासनको कारबाही गर्दै सक्रिय क्लबमाथि कारवाही थाल्यो ।
जिल्ला संघले कारवाही गरेपछि आयोजना हुन लागेको लिगमा खेल्न पाउनुपर्ने माग गर्दै असन्तुष्ट पक्ष निवदेन लिएर केन्द्र पुग्यो ।
समस्या समाधानका लागि एन्फाले जिल्ला संघलाई बोलाएर क्लबहरुलाई सहभागी गराएर जिल्ला लिग गर्न निर्देशन दिएको थियो । तर जिल्ला संघले केन्द्रको निर्देशन टेरेन ।

आरोप मिथ्या हुन् : जिल्ला अध्यक्ष– सुजखु

आठ वटा क्लबले जिल्ला संघको नेतृत्वले नगरपालिकाको कमिटीको जसरी काम गर्दै आफूहरुलाई लिगमा सहभागी नगराएको बताइरहँदा जिल्ला अध्यक्ष गोतम सुजखु भने त्यसलाई स्वीकार गर्दैनन् ।

‘उहाँहरु लिगको लागि टिम दर्ता गर्ने समयमा आउनु भएन । हामीले अन्तिम दिन पनि पत्राचार गरेका थियौं । तर, उहाँहरु हामीकहाँ नआएर केन्द्र जानु भयो । केन्द्रले पनि एक दिन कुरेर भएपनि उहाँहरुको टिम दर्ता गर्न भनेको थियो । हामी कुर्यौ तर, उहाँहरु यहाँ नआएर केन्द्रमा जानु भयो,’ अध्यक्ष सुजखु भने,‘केन्द्रमा उनीहरुको एक जना छन् । तीनले भनेको मात्रै मान्छन् जिल्लालाई टेर्दैनन् । हामीले कसरी मिलाएर अगाडि बढ्ने ।’

अध्यक्ष सुजखुले लिगमा सहभागी भएका क्लबमध्ये केही क्लब दर्ता प्रक्रियामा रहेको स्वीकारेका छन् । तर, ८ वटा क्लब लिगबाट बाहिर रहनुमा आफ्नो कमजोरी नभएको उनको दाबी छ । उनले अनुसासनमा नबस्ने क्लबलाई कारबाही गर्ने र अनुसाशित क्लबलाई प्रोत्साहन गर्ने बताएका छन् ।

यस्तै, असारभित्र भइसक्नु पर्ने लिग किन रोकियो भन्ने प्रश्नमा अध्यक्ष गौतमले भने ‘अहिले मौसमले गर्दा लिग आयोजना गर्न सकिएको छैन । महेश्वरी खेल मैदानमा हिलो छ । मौसममा सुधार आएर मैदान ठिक हुने वित्तिकै लिग गर्छौं ।’

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  ४ : ११ बजे

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा

‘आगलागी न्यूनीकरणमा सरकार किन असंवेदनशील ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा

ओलीसँग मिल्न तयार भइसकेका माधव नेपाल फेरि किन बिच्किए?

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुईपटक संसद् विघटन

एक संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संसदीय समितिको बैठक बस्दै छ । आज विकास, आर्थिक