धनगढी विस्फोट– घटनास्थलबाट प्रहरीले फेला पार्‍यो यस्ता सामाग्री | Khabarhub Khabarhub

धनगढी विस्फोट– घटनास्थलबाट प्रहरीले फेला पार्‍यो यस्ता सामाग्री


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– धनगढी उपमहानगरपालिका-४ स्थित निलम होटल बाहिर बिहीबार राति हाल नाम नखुलेको बिस्फोटक पदार्थ बिष्फोट हुँदा १ जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन् ।

विष्फोटनामा परी गम्भीर घाइते भएका बझाङ जयपृथ्वी नगरपालिका-१ कैलाश बस्ने २५ वर्षीय रामबहादुर सिंहको मायामेट्रो अस्पताल चटकपुर कैलालीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

साथै विष्फोटनमा परी घाइते भएका उक्त होटलका संचालक धनगढी उपमहानगरपालिका-३ बस्ने ४० वर्षीय केशबराज पाण्डे, कञ्चनपुर बेल्डाडी नगरपालिका-५ बस्ने ३० वर्षीय लक्ष्मण सेराला, कैलाली धनगढी उपमहानगरपालिका-३ बिशालनगर बस्ने ३८ वर्षीय जितेन्द्र यादब र भारतीय नागरिक धनगढी उपमहानगरपालिका-३ चटकपुर बस्ने ३५ वर्षीय मोबिन खान सिंहको मायामेट्रो अस्पताल चटकपुर कैलालीमा उपचार भइरहेकोमा केशबराज पाण्डेलाई नेपालगंज रिफर गरिएको छ ।

केही व्यक्तिहरु उक्त होटलको टेबुलमा बसी चिया पिउँदै गरेको अवस्थामा विष्फोट भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले घाइतेहरुलाई उपचारको लागि अस्ताल पठाएको थियो ।

साथै प्रहरीले सोही होटलको बाहिर चाईनिज पेस्तोल १ थान, से.७ प ३१४४ नम्बरको मोटरसाइकल, डायरी १ थान, रिमोट जस्तो देखिने बस्तु १ थान र टेस्टर १ थान समेत फेला पारेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  १ : ०४ बजे

गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

मोरङ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य र शिक्षामा जनताको

टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ‘ए’ टिम

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ टिम अभ्यासमा जुटेको छ । शनिबारदेखि

हिमालयन हाइड्रो एक्स्पोमा सार्वजनिक भयो कोमात्सु स्काभेटर

काठमाडौं– हिमालयन हाइड्रो एक्स्पो २०२४ मा कोमात्सु स्काभेटर सार्वजनिक गरिएको

सुदूरपश्चिममा आयातित औलोका बिरामी बढी

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा स्थानीयको तुलनामा आयातित औलोका बिरामीको सङ्ख्या निकै

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री 

मोरङ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने