त्रिभुवन विश्वविद्यालयका सहायक डिन घुससहित पक्राउ | Khabarhub Khabarhub

त्रिभुवन विश्वविद्यालयका सहायक डिन घुससहित पक्राउ


४ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको विज्ञान संकायका सहायक डिन घुससहित पक्राउ परेका छन् ।

विज्ञान संकायका सहायक डिन प्राध्यापक डाक्टर शम्भु प्रसाद पटेल ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।

पटेलले निजी क्षेत्रबाट सञ्चालित कलेजको सम्बन्धन नविकरण गरिदिने प्रयोजनका लागि घुस लिएका जनाइएको छ ।

पूर्व सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालस्थित केन्द्रीय कार्यालयबाट खटिएको टोलीले पटेललाई ५० हजार घुससहित पक्राउ गरेको हो ।

पटेललाई किर्तीपुरको ट्याङ्लाफाँटस्थित स्टिकस फास्ट फूड एण्ड क्याफेबाट ५० हजार रुपैयाँ घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : ४ असार २०७६, बुधबार  ८ : ११ बजे

जीब्रोमा नून बोक्नेको तरकारी चाख्ने सोख

घरव्यवहारबाट वाक्क, दिक्क, प्याक्क भएपछि एक वृद्ध बनबास गएछन्। वनबास

कक्षा १२ छिचोल्ने प्रयास (तस्बिरहरू) 

काठमाडौं– यस वर्षको कक्षा १२ को बोर्ड परीक्षा आजदेखि सुरु

अष्ट्रेलियाको समुन्द्र तटबाट १३० ह्वेल माछाको उद्धार

सिड्नी– पश्चिमी अष्ट्रेलियाको सामूहिक समुद्र तटबाट १३० ह्वेलको उद्धार गरिएको

 लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ– दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा