गुठी विधेयकप्रति खबरदारी सभा, माइतीघर मण्डलामा विशाल जनप्रदर्शन (फोटो फिचर) | Khabarhub Khabarhub

गुठी विधेयकप्रति खबरदारी सभा, माइतीघर मण्डलामा विशाल जनप्रदर्शन (फोटो फिचर)


४ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले गुठी विधेयक फिर्ता गरेपनि खबरदारीका लागि माइतीघर मण्डलामा विशाल जनप्रदर्शन गरिएको छ । खबरदारी सभामा राजधानीका विभिन्न स्थानबाट र्‍यालीसहितको जुलुस निकालिएको थियो । गुठी विधेयक विरुद्ध संयुक्त प्रतिरोध कार्यक्रमले गरेको खबरदारी सभामा सहभागी हुन विभिन्न स्थानबाट जुलुस निकालिँदा राजधानीको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बन्यो।

सरकारले गुठी विधेयक फिर्ता लिए पनि गुठीको परम्परा र सम्पदामा सरोकारवालाको स्वामित्व, अधिकार सहभागिताका लागि खबरदारी गर्न खबरदारी सभा गरिएको आयोजकको भनाइ छ । सम्पदाप्रेमीहरुले गुठीसम्बन्धी विधेयक फिर्ता हुनुलाई आंशिक सफलतासमेत भनेका छन् ।संयुक्त प्रतिरोध कार्यक्रमका संयोजक महेशमान श्रेष्ठले माइतीघर मण्डलमा खबरदारीसहितको जनप्रदर्शन गरिएको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी आन्दोलनका विषयमा प्रयोग गरेको भाषा भने मर्यादित नभएको बताए ।

ओली सरकारले पछिल्लो समय ल्याएका विभिन्न विधेयकको विरोध भइरहँदा गुठी विधेयकविरुद्धको प्रदर्शन भने चर्कदै गएको छ । यो जनप्रदर्शनलाई ओली सरकारविरुद्धको पहिलो र ठूलो प्रदर्शनको रुपमा पनि लिइएको छ ।

प्रकाशित मिति : ४ असार २०७६, बुधबार  ११ : ५२ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम