‘गलबन्दी’ चोरीको आरोपमा शम्भु राई भन्छन्- आफू स्थापित हुन अरुलाई विस्थापित ! « Khabarhub

‘गलबन्दी’ चोरीको आरोपमा शम्भु राई भन्छन्- आफू स्थापित हुन अरुलाई विस्थापित !


४ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – पछिल्लो समय बजार पिटेको प्रकाश सपूतको गीत ‘गलबन्दी’ को चर्चा सेलाएको छैन । रिलिज भएपछि यो गीत आम दर्शकको जनजिब्रोममा झुण्डियो । देश तथा विदेशमा रहेका नेपालीले यो गीत मन पराए । गाउँघरमा गाइने रोधीको झल्को दिने गरी तयार पारिएको गीतको चर्चा भइरहँदा एकाएक चोरीको आरोप लाग्यो ।

उक्त गीत वरिष्ठ गाएका शम्भु राईको पुरानो गीत ‘आऊ नाचौँ साथी हो’ सँग मिलेको भन्दै सामाजिक सञ्जालमा चर्चा भएपछि दुवै गीतको खोजी हुन थाल्यो । गीत चोरीको आरोप लागेपछि प्रकाश सपूतले शम्भु राईको गीत पहिलोपटक सुनेको बताए । अर्कातिर गीत संगीतमा रुचि राख्नेले पनि यी दुई गीत नमिल्ने बताएका छन् । दुवै मौलिक गीत भएकाले कतै मिलेको जस्तो लागेको कतिपयले बताउँदै आएका छन् ।

यसैबीच वरिष्ठ गायक शम्भु राईले भने ‘गलबन्दी’ बोलको गीत आफ्नो गीतसँग मिल्न गएकोलाई ‘चोरीको प्रवृत्ति’ का रुपमा व्याख्या गरेका छन् । ‘यो संयोग हो भने करेक्सन गर्ने हो, होइन र नियत हो भने अर्कै हुन्छ, सांस्कृतिक क्षेत्रमा यस्ता घटना धेरै घटेका छन्,’ गायक राईले खबरहबसँग भने ।

गायक शम्भु राई

राईले प्रकाश सपूतलाई भेटेर आफ्नो लय मिलेको र यसलाई सच्याउन भनेको तर प्रकाश सपूतले त्यसो नगरेको बताए । ‘मेरो गीत वि.सं. २०४८ मा नै रेकर्ड भएको थियो, पछि मैले नयाँ प्रविधिअनुसार पनि रेकर्ड गरेँ,’ गायक राईले भने, ‘गीतसँग लय मिलेपछि प्रकाश जीलाई मैले संगीत क्रियशन शम्भु राई राख्नुस् भनेको थिएँ, उहाँले त्यसो गरेको पाइनँ ।’

उनले नयाँ गायक स्थापित हुँदा पुराना गायक विस्थापित गर्न नपाउने धारणा राखे । ‘यो प्रवृत्ति संयोग हो भने सुधार गर्नुस्, नियत भए अर्कै हुन्छ भनेको हुँ, सांस्कृतिक क्षेत्रमा यस्ता घटना धेरै घटेका हुन्छन्, यस्तै विकृत्ति आयो भने अग्रज पुस्ता सकिँदै जान्छन् भन्ने भय हो,’ राईले भने ।

उनले नयाँ पुस्तालाई नयाँ सिर्जनामा लाग्नुपर्ने र टिपनटापन शैलीको गीत तयार नपार्न पनि आग्रह गरे । संगीत क्षेत्रमा भने प्रकाश सपूतको गीत ‘गलबन्दी’ मिल्न गएको भन्नेमा दुई धार देखिएका छन् ।

प्रकाशित मिति : ४ असार २०७६, बुधबार  ११ : ३९ बजे

लुम्बिनी प्रदेश सभाकी सदस्य शर्मा मध्यराति काठमाडौंबाट पक्राउ

काठमाडौं– लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा पक्राउ परेकी छन्। एमालेबाट

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास

महेश बस्नेतले भने : मलाई पक्राउ गरी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी

अब्राहम लिंकनको विमानवाहक युद्धपोत माथि आक्रमण गर्ने तेहरानको चेतावनी

तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु