ट्रम्पलाई भ्रमणमा बोलाउँदै जापान | Khabarhub Khabarhub

ट्रम्पलाई भ्रमणमा बोलाउँदै जापान


६ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जापान– जापानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आगामी मे महिनाको अन्त्यमा जापान भ्रमणका लागि बोलाउने भएको छ ।

जापानी मन्त्रिपरिषद्का सचिव योशिहिदे सुगाले पत्रकार सम्मेलनका क्रममा राष्ट्रपति ट्रम्पलाई आगामी मे महिनाको २५ देखि २८ सम्म जापान भ्रमणका लागि बोलाइने जनाएका हुन् ।

राष्ट्रपति ट्रम्पले जापान भ्रमणका क्रममा जापानका नयाँ सम्राट नारुहितो र उनकी साम्राज्ञी तथा प्रधानमन्त्री शिन्जो आबेसँग समेत भेटवार्ता गर्ने सुगाले जनाएका छन् ।

सम्राट आकिहितोले औपचारिक रुपमा आगामी अप्रिल ३० मा गोदावारी गद्दी त्यागेसँगै उनका जेठा छोरा नारुहितो आगामी मे १ का दिन जापानका नयाँ सम्राट घोषित हुँदैछन् ।

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार  १० : ४८ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम