पोखरीमा पानी नहुँदा नेपालगन्जमा पौडी खेल हुने सम्भावना टर्दै | Khabarhub Khabarhub

पोखरीमा पानी नहुँदा नेपालगन्जमा पौडी खेल हुने सम्भावना टर्दै


६ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– पाँच नम्बर प्रदेशमा आठौं राष्ट्रिय खेलकुद जारी छ । खेलकुदका कार्यक्रम जारी रहेका बेला बाँकेको नेपालगञ्जमा आउँदो आइतबार हुने भनिएको पौडी खेल हुने सम्भावना न्यून  बन्दै गएको छ ।

खेल हुन एक दिनको समय बाँकी रहँदा पौडी खेलाइने पोखरीमा पानी भरिएको छैन । पानी नपुग्ने अवस्था देखिएपछि खेल सार्ने तयारी भइरहेको बुझिएको छ ।

पौडी खेल सञ्चालन गर्नका लागि १६ लाख लिटर पानी आवश्यक पर्छ । कम्तीमा ३ फिट बोरिङ प्रयोग गरेर रातभरि पानी हालेपनि ४ लाख लिटर मात्रै पानी आउने बताइन्छ । अन्य विकल्पका रुपमा पनि ट्यांकरबाट पानी हान्ने भनिए पनि त्यसबाट पनि अझै अपुग हुने बताइन्छ ।

राखेप स्रोतका अनुसार रातभरीको पानीको चाप र पोखरीमा भरिएको पानीको अवस्थालाई हेरेर खेल तोकिएकै समयमा गराउने वा केही दिन सार्ने भन्ने निर्णय लिइने छ ।

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार  ८ : १३ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम