कांग्रेसको देशव्यापी जागरण अभियान– सुध्रने अवसर कि विवादबाट भाग्न खोज्ने ‘प्रपञ्च’ ? | Khabarhub Khabarhub

कांग्रेसको देशव्यापी जागरण अभियान– सुध्रने अवसर कि विवादबाट भाग्न खोज्ने ‘प्रपञ्च’ ?



काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वैशाख ११ गते लोकतन्त्र दिवसका दिनदेखि शुरु गर्नेगरी देशव्यापी जागरण अभियानको शुरुवात गर्ने घोषणा गरिसकेको छ । विभिन्न ३ चरणमा हुने अभियान पुष १६ गते राष्ट्रिय मेलमिलाप दिवसका दिनसम्म चल्नेछ ।

आफू नेतृत्वको सरकारले गरेका राम्रा काम र वर्तमान केपी ओली नेतृत्वको सरकारले गरेका गलत निर्णयको कार्यकर्ता र जनतामा जानकारी दने भन्दै कांग्रेसले घोषणा गरेको जागरण अभियान बढी मात्रामा सरकारविरुद्ध लक्षित हुने कांग्रेसकै केही नेताहरु बताउँछन् ।

जागरण अभियानकै क्रममा कांग्रेसले २००७ सालदेखिका कांग्रेस खोज्ने बताएको छ । अभियानका क्रममा कांग्रेसले २००७ साल, २०१७ साल, २०३६ साल र २०४६ सालमा कांग्रेसी कार्यकर्ताको अबस्था वा कार्यकर्ताको परिवारको अबस्था समेत जानकारी लिने र उनीहरुलाई सम्मान गर्ने योजना बनाएको छ ।

अभियानको सार्थकता कति ?

केन्द्रदेखि स्थानीय तहसम्म रहेका कांग्रेसका विभिन्न समितिलाई समेत चलायमान बनाउनेगरी कांग्रेसले घोषणा गरेको अभियानको नेतृत्व समेत भातृ तथा शुभेच्छुक संस्थाहरुलाई जिम्मा दिएको छ । तर कांग्रेसले शुरु गरेको अभियान यस्तो समयमा हुन लागेको छ, जुनबेला पार्टीको शीर्ष नेताहरु एकआपसमा आरोप प्रत्यारोप गरिरहेका छन् । अर्कोतिर ५० भन्दा बढी जिल्ला सभापतिहरुले कांग्रेस केन्द्रीय समितिले पारित गरको विधान संशोधन नगरे विषेश महाधिवेसनका लागि हस्ताक्षर अभियान चलाउने चेतावनी दिइरहेका छन् ।

कांग्रेसको जनागरण अभियानको नेतृत्व प्रदान गरिएको नेपाल तरुण दलको अवस्था पनि दयनीय छ । तरुण दल जम्मा ४ जनाले चलाइरहेका छन्, नर्सरी संगठनका रुपमा लिइने नेपाल विद्यार्थी संघ नेतृत्वविहिन अबस्थामा छ । यस्तो समयमा घोषणा गरिएको अभियानले कति सार्थकता पाउला भन्ने बहस कांग्रेस वृत्तमा शुरु भइसकेको छ ।

लथालिंग भातृ संगठन

भातृ संगठन भताभुंग भएको बेला पार्टीले घोषणा गरेको अभियानमा उनीहरुको सहभागिता कस्तो हुन्छ भन्ने विषयले समेत महत्व राख्नेछ । तर भातृ संगठनका रुपमा रहेको नेपाल विद्यार्थी संघ नेतृत्वबिहिन छ । निवर्तमान कार्यसमितिको समययावधि सकिएको र नयाँ समिति गठनका लागि समेत कांग्रेसले इच्छा नदेखाएको बेला उनीहरुको सहभागिताले समेत अर्थ राख्नेछ । तदर्थ समिति गठन गर्ने विषयमा पार्टीका नेताहरु एकमत भएपनि कसको अझै कुन समुहको नेतालाई अध्यक्ष र पदाधिकारी कसरी भागबण्डा गर्ने भन्ने विषयमा सहमति हुन नसकेका कारण विद्यार्थी संघ नेतृत्वविहन अबस्थामा पुगेको छ ।

अभियानको शुरु हुनेदिन अघि अर्थात् वैशाख ११ गतेअघि नेविसंघको कार्यसमिति गठन भइसक्नेगरी पार्टीले तयारी गरिरहेको उपसभापति विमिलेन्द्र निधिले बताएका छन् । तर समिति गठनको तयारी गरेको देखिएको छैन । विद्यार्थी संघको नेतृत्व नरहेकै बेला ५० औँ स्थापना दिवस भने शुक्रबार बनाइएको । अर्कोतर्फ तरुण दलको नेतृत्व निर्वाचित भएपनि ४ जना मात्रै सिंगो तरुण दलको केन्द्रीय समितिमा छन् ।

तरुण दलमा समेत अभियान शुरु हुनुपूर्व नै कार्यसमिति गठन गर्ने उपसभापति निधिले बताएका छन् । तर नेविसंघ र तरुण दलको कार्यसमिति गठन समेत सहमतिमा हुने सम्भावना न्युन रहेको देखिन्छ । सभापति देउवा पक्षले नेविसंघ र तरुण दलको कार्यसमिति गठन गर्ने विषयमा अन्य पक्ष खासगरी नेता कृष्णप्रसाद सिटौला पक्षसँग कुनै छलफल गरेको छैन । एकतर्फी विद्यार्थी संघको कार्यसमिति गठन गरिए समानान्तर कमिटि निर्माण गर्ने चेतावनी सिटौला पक्षका मानिने नेविसंघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले बताउँदै आएका छन् । यस्तो समयमा घोषणा भएको अभियानले कति सार्थकता पाउला भन्ने बहश शुरु भइसकेको छ ।

अभियान पार्टी मजबुत बनाउन कि विवाद ओझोलमा पार्न ?

संस्थापन इतरका मानिने कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल भन्छन्, ‘अभियान सञ्चालन गर्ने कुरा नकारात्मकता त बढाउँदैन, प्राथमिकता के भन्ने कुरा महत्वपूर्र्ण हो, आन्तरिक समस्या समाधान गरेर, चित्तबुझ्दो जवाफ दिएर मात्रै अभियानको घोषणा गरेको भए सफल हुने सम्भावना हुन्थ्यो तर केन्द्रीय सदस्य स्वतः महाविधेशन प्रतिनिधि बन्ने व्यवस्थासहितको विधानका विषयमा उठिरहेको बहसलाई समेत कुनै वास्ता नगर्ने, अर्कोतर्फ महासमितिको निर्णय उल्ट्याएको विषयका समेत कुनै हल नखोज्ने अनि अभियानको घोषणा गरेर सफल हुने वा अभियानले सार्थकता पाउन सक्दैन ।’

पौडेलले भनेजस्तै कांग्रेसका केही नेताहरु समेत सभापति शेरबहादुर देउवासहितको नेतृत्वप्रति बढेको नकारात्मक वातावरणलाई ‘डाइभर्ट’ गर्ने उदेश्यका साथ मात्रै अभियानको घोषणा गरिएको बताउने गरेका छन् । जिल्ला सभापतिहरुले उठाएको वियष सम्बोधन गर्नुको साटो सभापतिहरुलाई जिल्लामै अलमल्याइदिने, आफूविरुद्ध बनेको आरोपलाई ओझेलमा पार्न मात्रै अभियानको घोषणा गरिएको संस्थापनइतरका कांग्रेसी नेताहरुको आरोप छ ।

तर सभापति शेरबहादुर देउवा निकटका मानिने उपसभापति बिमलेन्द्र निधि भने पार्टीलाई एकढिक्का बनाउन अभियान सफल हुने दाबी गर्छन् । उनले प्रतिपक्षी दलको भुमिका निर्वाह गर्न नसकेको, पार्टीभित्र गुट–उपगुट बढेको, नेताहरु जिल्लामा नगएको लगाएतका आरोप चिर्न समेत अभियान सार्थक बन्ने बताएका छन् । पार्टी सभापतिमाथि चुनावमा माओवादी केन्द्रसंग तालमेल गरेको, सरकारविरुद्ध आक्रामक बन्न नसकेको लगाएतका विभिन्न आरोप लागिरहेका बेला हुन लागेको अभियान जिल्लामा गएर भाषण मात्रै गर्नेबाहेक खासै उल्लेख्य उपलब्धी हुन नसक्ने आंकलन स्वयं कांग्रेसका नेताहरुले गर्न थालेका छन् ।

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार  ६ : १८ बजे

आगलागी प्रभावितको राहत तथा उद्धारमा जुट्न देउवाको निर्देशन

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका

महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध सामूहिक अभियान

महोत्तरी । महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध १० दिने सामूहिक अभियान गर्न

बुलबुले तालमा चल्यो मोटरबोट

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा मोटरबोटको परीक्षण सेवा सुरु

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त