बाग्मती सौन्दर्यीकरणका नाममा १ अर्ब ९१ करोड स्वाहा ! | Khabarhub Khabarhub

बाग्मती सौन्दर्यीकरणका नाममा १ अर्ब ९१ करोड स्वाहा !



काठमाडौं- बाग्मती सुधार आयोजनामा फोहोर व्यवस्थापन, बाग्मती सौन्दर्यीकरण, बाग्मती सरसफाई तथा बस्ती व्यवस्थापनमा ढिलासुस्ती देखिएको छ ।

सहरी विकास मन्त्रालय तथा सहरी विकास तथा भवन निर्माण विभागले काम तीव्र गतिमा अघि बढाउन नसक्दा सो आयोजनाको काम कछुवा गतिमा अघि बढेको हो आयोजनाले चार वर्ष अघि ढल सिँधै बाग्मती नदीमा मिसिन नदिनका लागि गुहेश्वरीको पूर्वफाँटमा एक सय रोपनी जग्गा अधिग्रहण गरी प्रशोधन प्रविधि सञ्चालनमा ल्याउने तयारी थालेको थियो । तर हालसम्म प्रशोधन प्रविधि निर्माणको काम सम्पन्न भएको छैन ।

बाग्मती नदी मुहान संरक्षण, जलाधार क्षेत्र संरक्षण, नदीको वातावरणीय सुधार तथा सौन्दर्यीकरण जस्ता कार्यहरु गर्न एसियाली विकास बैंक र नेपाल सरकारबीच ६ मार्च २०१४ मा सम्झौता भइ ३१ मे २०१९ मा आयोजना सम्पन्न गर्ने लक्ष्य रहेको थियो । आयोजनाको कुल लागत अमेरिकी डलर ३६ मिलियनमध्ये ऋण सहायता २५ दशमलव ५ मिलियन, अनुदान सहायता ४ दशमलव ५ मिलियन र नेपाल सरकारको स्रोततर्फ ६ मिलियन हुने महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

आयोजनाको समयवधि समाप्त हुँदा रु १ अर्ब ९१ करोड ३२ लाख खर्च भएको छ भने काम जम्मा ३२ प्रतिशत मात्र पूरा भएको छ । अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिको सरसफाई कार्यक्रम तथा करिडोर निर्माणको काम समेत सुस्त गतिमा भएको छ ।

फोहोर पानी व्यवस्थापन

बाग्मती कार्ययोजनामा बाग्मती तथा यसका सहायक नदीले प्रदूषित पानी व्यवस्थापन गर्न काठमाडौं उपत्यका खानेपानी लिमिटेड र एकीकृत बाग्मती सभ्यता विकास समितिले कार्यन्वयन गर्ने भनिएको थियो ।

जसअन्तर्गत गोकर्ण, गुहेश्वरी, त्रिपुरेश्वर, धोवीघाट, हनुमानघाट, सल्लाघारी र बालकुमारी लगायत ७ स्थानमा रु.१६ अर्ब ६६ करोड लागतमा फोहोर पानी व्यवस्थापन केन्द्र स्थापना गर्ने लक्ष्य रहेकोमा गुहेश्वरी, धोवीघाट, सल्लाघारी र बालकुमारी गरी ४ स्थानमा प्रशोधन केन्द्र निर्माणको चरणमा रहेका छन् ।
गोकर्ण, त्रिपुरेश्वर तथा हनुमानघाटका प्रशोधन केन्द्रहरुको डिजाइन कार्य मात्र भएको छ ।

बाग्मती सौन्दर्यीकरण(ब्युटीफिकेशन)

बाग्मती सुधार आयोजना अन्तर्गत गोकर्णदेखि सिनामंगलपुलसम्म नदी नियन्त्रण गर्ने कार्य सम्पन्न भएको छ । पैदलयात्री मार्ग निर्माणका लागि १ अर्ब ९० करोड २८ लाखमा निर्माण व्यवसायीसँग गत माघ १८ गतेभित्र सक्ने गरी सम्झौता भएको थियो । सम्झौता अवधि समाप्त हुँदासम्म जम्मा ५५.५४ प्रतिशत कार्य प्रगति भएको पाइएको छ भने १ अर्ब ५ करोड ६९ लाख भुक्तानी भएको छ ।

महालेखा परीक्षकको कार्यलयले सो आयोजनाको स्थलगत अवलोकन गर्दा आयोजनाको शुरुको विन्दू गोकर्ण ड्यामदेखि गुहेश्वरी खण्डसम्म निर्माण कार्य सम्पन्न नभएको जनाएको छ ।

निर्माण कार्यको डिजाइनमा १२ मिटर क्षेत्रमा पैदलयात्री मार्ग, साइकलयात्री मार्ग र हरियाली क्षेत्र निर्माण गर्ने लक्ष्य राखेको थियो । यद्यपि लक्ष्य अनुसार काम नभएको महालेखाले औल्याएको छ ।

साथै बाग्मती नदीको किनारमा लगाइएका बोटविरुवालाई संरक्षण गरी बाग्मती नदीमा भएको सम्पूर्ण फोहोरलाई हटाएर २०७५ भित्र स्वस्थ्य सफा हराभरा अर्थात् सौन्दर्यीकरण बाग्मती बनाइसक्ने भनिएको पनि हालसम्मको प्रगति भएको छैन ।

बाग्मती किनारका सबै स्थानमा हरिभराउको त कुरै छोडौं कतिपय स्थानमा बोटविरुवा समेत छैनन् ।

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार  ८ : २२ बजे

वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टिममा चार खेलाडी थपिए

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)ले  वेस्ट इन्डिज ए विरुद्धको टी-२०

अमेरिकाले भन्यो : युक्रेन युद्धमा चीनले नसघाएको भए रुस टिक्ने थिएन

अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिङ्कनले युक्रेन युद्धमा रुसलाई चीनले दिएको

रूपान्तरणका लागि ‘डिजिटल डिपार्चर’ को विकल्प छैन : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मुलुकको अग्रगामी

बालेनको कविता संग्रह ‘अश्र’ सार्वजनिक

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफ्नो जन्मदिन

आठ महिनामा सम्पत्ति शुद्धीकरणका ३८ सय ६९ उजुरी

काठमाडौं – चालू आर्थिक वर्षका आठ महिनामा सम्पत्ति शुद्धीकरण (कालोधन