एक महिनामा सकियो धुर्मुस सुन्तलीको ‘सेन्टी भाइरस’ छायांकन « Khabarhub

एक महिनामा सकियो धुर्मुस सुन्तलीको ‘सेन्टी भाइरस’ छायांकन


१ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – धुर्मुस सुन्तलीको जोडीले निर्माण गर्न लागेको चलचित्र ‘सेन्टी भाइरस’ को छायांकन सकिएको छ । यो चलचित्रलाई ‘कबड्डी’ निर्देशक रामबाबु गुरुङले निर्देशक गरिरहेका छन् । झण्डै १ महिना लगाएर फिल्मको छायांकन सकिएको हो ।

चलचित्रका निर्माता समेत रहेका सीताराम कट्टेल (धुर्मुस) ले चलचित्रको छायांकन सकिए पनि एक गीतको छायांकन भने बाँकी रहेको जानकारी दिए । ‘एउटा गीतको छायांकनको केही काम बाँकी रहेकाले सो छायांकनको काम सकिएसँगै प्रदर्शन मिति सार्वजनिक गर्नेछौँ,’ कट्टेलले भने ।

चलचित्रमा सीताराम र कुञ्जना घिमिरेसँगै दयाहाङ राई, राजाराम पौडेल, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणि नेपाल लगायत कलाकारको अभिनय रहनेछ ।

सामाजिक विषयलाई व्यङ्ग्यात्मक रुपमा प्रस्तुत गरिएको यो फिल्मलाई शैलेन्द्र डी कार्कीले खिचेका हुन् ।

झण्डै २ करोड लगानीमा निर्माण भइरहेको यो फिल्म दर्शकका लागि प्रतीक्षित बनेको छ । निर्माण टिमले नाफाको २० प्रतिशत समाजसेवामा खर्चिने घोषणा गरिसकेको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  ८ : २६ बजे

एमाले बागमतीको विशेष चुनावी अभियान सुरु

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)

‘आदिवासी जनजाति महिलाको सशक्त सहभागिता बिना समावेशी विकास असम्भव’

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आदिवासी जनजाति

उम्मेदवारले मनोनयन पत्र दर्ता गर्दा १३ प्रकारका कागजात संलग्न गर्नुपर्ने

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

पर्यटन सुरक्षा प्रणाली लागू गर्न अभिमुखीकरण

नारायणगढ– अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस) कार्यान्वयनका