समाजवादीको चिन्ता– सरकार कि राजपासँगको पार्टी एकता ! | Khabarhub Khabarhub

समाजवादीको चिन्ता– सरकार कि राजपासँगको पार्टी एकता !


१ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीबीच एकताको बहस सुरु भएको केही महिना बितिसकेको छ ।

एकता प्रकृयालाई अन्तिम टुंगो लगाउन समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराईले नियमित काम गरिरहेका छन् भने राजपाका अध्यक्षमण्डलका नेताहरु भट्टराईसँग नियमित एकता बारेको छलफलमा जुटेका छन् ।

संघीय समाजवादी पार्टीले डा भट्टराईको दल नयाँ शक्ति पार्टीसँग एकता गर्नु अघि नै अन्य दल तथा विभिन्न जातीय समूहसँग वार्ता गर्नेगरी उपाध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो भने राष्ट्रिय जनता पार्टीले पनि अध्यक्षमण्डलका नेता राजेन्द्र महतोको अध्यक्षतामा वार्ता टोली गठन गरेको थियो ।

दुबैतर्फका संयोजकले विभिन्न समुहसँग अनौपचारिक वार्ता गरेपनि दुई पार्टीको एकता प्रक्रियामा भने वार्तासमेत हुन सकेको थिएन । तर,संघीय समाजवादीको नयाँ शक्ति पार्टीसँग एकता गरेर समाजवादी पार्टी बने देखि नै पार्टीको संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराईले राजपासँगको एकतालाई प्राथिमकतामा राख्दै वार्ता गरिरहेका छन् ।

औपचारिक रुपमा वार्ता नभएपनि अनौपचारिक वार्ताहरु उपलव्धिपूर्ण बनेको डा भट्टराई निकट नेताहरुको भनाइ छ । उनीहरु संविधान संशोधनका विषयमा समान धारणा बनाउने, सरकारप्रतिको मुल्यांकनमा समानता कायम गर्ने र नागरिकसँगको समबन्धमा पनि समान दृष्टिकोण बनाउने विषयमा छलफल भइरहेको भन्दै चाडै पार्टी एकताको छलफल औपचारिकतामा प्रवेश गर्ने बताउँछन् ।

‘पार्टी एकताका विषयमा अनौपचारिक रुपमै पर्याप्त छलफल भइरहेका छन्, डाक्टर भट्टराईले त्यसको अगुवाई गरिरहनुभएको छ,’ समाजवादीका महासचिव गंगा श्रेष्ठले भने, ‘एकताका सन्दर्भमा केही सकारात्मक उपलब्धिहरु पनि हासिल भएका छन्। एकता वार्ता औपचारिकतामा प्रवेश गरेपछि तपाईहरु सबैले थाहा पाउनुहुनेछ।’ उनले एकताको औपचारिकताका लागि कति समय कुर्नुपर्छ भन्ने विषयमा भने बताउन चाहेनन् ।

राजपाका अध्यक्ष मण्डलका अधिकांश नेताहरुसँग छलफल भएपनि भट्टराईसँग राजेन्द्र महतोको भेटघाट तुलानात्मक रुपमा बाक्लो छ । दुबै पक्षको वार्तापछि संविधान संशोधनका विषयमा दुबै पार्टीको समान धारणा बनाउनका लागि पनि समाजवादी सरकारबाट बाहिरिनुपर्ने शर्त राजपाले राखेको छ भने समाजवादी पनि चाँडै बस्ने बैठकमा त्यसका विषयमा छलफल गरि निर्णयको तयारीमा जुटेको छ ।

वार्ता अनौपचारिक फोरममा भइरहेको राजपा सहमहामन्त्री डा सुरेन्द्र झाको भनाइ छ ।  ‘हामी संविधान संशोधनको कुरा उठाइरहेका छौ, उहाँहरु त्यही संविधान कार्यान्वयन गर्ने सरकारमा सहभागि हुनु हुन्छ,’ उपमहासचिव झाले भने, ‘पहिला हाम्रो दृष्टिकोणमा समानता हुनु पर्‍यो त्यसपछि एकताको औपचारिकता सुरु हुन सक्छ ।’ उनले धेरै अघि नै अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोको संयोजकत्वमा वार्ता समिति गठन भएपनि त्यसले औपचारिक वार्ता अघि बढाउन नसकेको बताए ।

‘अहिले अनौपचारिक वार्ता सुरु भएको छ, अध्यक्षमण्डलका नेताहरु समान्य भेटघाटमा वार्ता गरिरहनुभएको छ,’ उनले भने,’समान अवस्था निर्माण भयो भने वार्ताबाट ठोस उपलब्धि देखिन सक्छन्।’ झाले राजपा नै छवटा शक्तिबाट बनेको भन्दै एकताका लागि नेतृत्व व्यवस्थापन पनि चुनौतीका रुपमा देखिने बताए ।

राजपाले समान अवस्था भनेर संविधान संशोधन र तराई मधेस आन्दोलनका क्रममा लागेका मुद्दाको विषयलाई उठाइरहेको छ। वार्ताका क्रममा डा भट्टराईसहितको समाजवादी पक्ष सहमत भएको छ । संविधान संशोधनको शर्तबारे सरकालाई ध्यानाकर्षण गराएर चाँडै सरकारबाट बाहिरिने उसको आन्तरिक तयारी छ ।

‘हाम्रो पार्टी संविधान संशोधनको शर्तसहित सरकारमा सहभागि भएको हो । त्यसमा एउटा बुँदाको शर्त हामीले पुरा गरिसकेका छौ, अर्को बुँदा सरकारले पुरा गरेको छैन,’ समाजवादीका महासचिव श्रेष्ठले भने,’शर्त पुरा नभएर पनि सरकारमा बसिरहनु अनैतिक हो। हामी आउँदो बैठकबाट यसबारे छलफल थालेर टुंगोमा पुग्छौं।’

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव भने अझै केही समय सरकारमा बसेर चुनावी तयारीका लागि मात्र सरकाबाट बाहिरिने मुढमा देखिएका छन् । त्यही कारण उनले एकताका लागि भट्टराईलाई जिम्मा लगाएर एकताका बहसमा भाग लिएका छैनन् ।

संविधान दिवस मनाउने समयमा पनि राजपाले कालो दिवस मनाउँदै गर्दा उनले पार्टीलाई तटस्थ बस्न लगाएर अमेरिका भ्रमणमा निस्किए ।

राष्ट्रसघको सभामा उपप्रधानमन्त्री भएरपनि परराष्ट्रमन्त्री नेतृत्वको टोलीमा गएका यादव केहीसमय सरकारमा बस्ने र केहीपछि सरकारविरुद्ध सडकमा जाने तयारीमा गरेका उनी निकट नेताहरुको भनाइ छ ।

राजपा समाजवादी एकतामा निर्णायक भूमिका यादवको हुने र मधेसको मुद्दामा मधेसीले पत्याएको नेता भएका कारण पनि समाजवादीको ठूलो हिस्सा पहिले पार्टी सरकारबाट बाहिरिनु पर्ने तर्क गरिरहेको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  ६ : २२ बजे

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार

कांग्रेस बलियो भए मात्रै सबैले फाइदा लिन सक्छन् : डा. महत

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले

भारतको लगानीमा चितवनमा सामुदायिक विकास परियोजनाको निर्माण

काठमाडौं- ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत चितवनको खैरहनी नगरपालिकामा निर्माण गरिएको

‘ऊर्जामा भू-राजनीतिक प्रभाव व्यवस्थापन गरौं, प्रसारण सञ्जाल बढाऔं’

काठमाडौं– नेपालमा ऊर्जा क्षेत्रको विकास र क्षेत्रीय ऊर्जा व्यापारका लागि