कसरी थाहा पाउने बाथरोग ? | Khabarhub Khabarhub

कसरी थाहा पाउने बाथरोग ?


१ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

बाथ रोग भन्नाले कुनै एउटा मात्र रोग नभएर विभिन्न रोगहरुको साझा असरलाई बुझाउँछ ।

अहिले सम्म १०० भन्दा बढि प्रकारका बाथ रोगहरु पत्ता लागि सकेका छन् । यो रोग प्राय जसो अटोयिमुन प्रोसेसको कारणले हुन्छ ।

हाम्रो शरीरमा बाहिरी जिवाणुसँग लड्नको लागी विशेष कोशीकाहरु हुन्छन् । जब कुनै कारणवस यी कोशीकाहरुले आफनै शरिरका विभिन्न अंगहरुलाई आक्रामण गर्न थाल्छन ,त्यसलाई अटोयिमुन प्रोसेस भनिन्छ । यस अटोयिमुन रोगहरुमा बाथ रोग,डाईवेटिज,थाईरोइड तथा अन्य रोगहरु पर्दछन् ।

बाथरोगका लक्षण

हातका औंलाहरु दुख्ने वा सुन्निने,
बिहान उठ्ने बेलामा हात–खुट्टा अह्ररो हुने,
गोलीगाँठो दुख्ने वा सुन्निने,
राती तथा बिहान ढाड दुख्ने वा अह्ररो हुने,
पिँडौला दुख्ने वा करकर खाने,
खुट्टाको औंला वरिपरि रातो भएर टेक्न नहुने,
कुर्कुच्चा दुख्ने, पाइताला पोल्ने वा झमझमाउने,
घुँडा सुन्निने वा दुख्ने आदि।

कसरी पत्ता लगाउने बाथरोग ?

बिरामीमा देखिने लक्षण र जोर्नीहरूको जाँच गर्ने बित्तिकै धेरैजसोको रोग पत्ता लाग्छ । कहिलेकाहीँ बाथरोग कति कडा छ वा कुन प्रकारको हो भन्ने बुझ्न रगत परीक्षण तथा एक्सरेको सहायता लिनुपर्ने हुन्छ।

धेरै पुरानो रोग तथा औंलाहरू बांगो भइसकेपछि बाथको पहिचान गर्न गाह्रो पर्दैन। बाथरोगलाई बेवास्ता गर्यो‍ भने मृत्यु पनि हुन सक्छ।

बाथरोगलाई समयमै उपचार गरेर निको बनाउन सकिन्छ। जटिल प्रकारको बाथरोग लाग्यो भने, यसको उपाचार एकदमै महँगो हुनुका साथै पूर्ण निको पार्न गाह्रो हुन्छ।

बाथरोगबाट बच्ने उपाय

मेडिकल साइन्सले बाथरोग लाग्नै नदिने उपाय अहिलेसम्म पत्ता लगाउन सकेको छैन।

परिवारका कुनै सदस्यलाई बाथरोग भएमा अन्य सदस्य सतर्क हुनुपर्छ। डेढ महिनादेखि तीन महिनाभित्रमा बाथरोग भएको पत्ता लागेमा ‘सेकेन्डरी प्रिभेन्सन’ अपनाई जटिलतालाई रोक्नतिर लाग्नुपर्छ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  ८ : ५९ बजे

व्यासका एक सय किसानलाई पशुपालन तालिम

तनहुँ– तनहुँको व्यास नगरपालिका कार्यालयले नगर क्षेत्रका एक सय अगुवा

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज बस्दैछ

हर्क साम्पाङ र पूर्वप्रतिनिधिबीच वाकयुद्ध : कागजको बाघ !

सुनसरी- एसियाली विकास बैंक (एडीबी) को ऋण तथा अनुदानमा सञ्चालित

आईपीएल : आज कोलकाता र मुम्बई भिड्ने

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज कोलकाता नाइट राइडर्स

केजरीवालले चुनावी प्रचार गर्न पाउने : यस्ता छन् अदालतका पाँच शर्त

नयाँदिल्ली – मनी लान्ड्रिङ मुद्दामा तीन साताका लागि जमानत पाएका