एनआरएनए चुनाव : ४० प्रतिशत मतगणना सकियो | Khabarhub Khabarhub

एनआरएनए चुनाव : ४० प्रतिशत मतगणना सकियो


१ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि भएको मतदानको गणना जारी छ ।

शुक्रबार बिहानसम्म ४० प्रतिशत मतगणना सकिएको छ । तर निर्वाचन समितिले यसको आधिकारिक जानकारी भने दिएको छैन् ।

बिहीबार सम्पन्न निर्वाचनको शुक्रबार बिहान सम्ममा ४० प्रतिशत मतगणना सकिएको एनआरएनए स्रोतले जनाएको छ ।

पछिल्लो मत परिणाम अनुसार अध्यक्षको दाबेदार कुमार पन्त ७० मतले अगाडी रहेको जानकारी प्राप्त भएको छ ।

मतगणनास्थलमा विवाद

गैरआवासीय नेपाली संघ (एनआरएनए)को मतगणनास्थल बाहिर बिहीबार राति पनि केहिबेर तनाव भएको थियो ।

अध्यक्षका प्रत्यासी कुल आचार्य र उनका प्रतिनिधिलाई मतगणना भएको स्थलमा प्रवेश गर्न नदिएपछि उनका समर्थकले हंगामा नै गरेका थिए ।

उनीहरुले नाराबाजी गर्दै तोडफोडको प्रयास गरेपछि दुई पक्षीय झडप समेत भएको थियो । झपडपछि प्रहरीले हस्तक्षेप गर्यो स्थिति साम्य बन्यो । केहीबेर मतगणना नै प्रभावित बन्न पुगेको थियो।

निर्वाचनमा नेकपा निकट कुमार पन्त र कांग्रेस निकट कुल आचार्यले प्यानल नै बनाएर चुनाव लडेका छन्। राति अबेरसम्म अन्तिम अतपरिणाम आइसक्ने अपेक्षा गरिएपनि अनेक लफडाका कारण शुक्रबार बिहानसम्म अन्तिम मतपरिणाम आउन सकेको छैन्।

गैरआवासीय नेपालीको हर्कत र लफडाका कारण कारण नवौं विश्व सम्मेलन निकै विवादित बनेको छ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  ७ : २५ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम