प्रदेश–५ मा यातायात व्यवस्था अनुगमन गर्न समिति गठन | Khabarhub Khabarhub

प्रदेश–५ मा यातायात व्यवस्था अनुगमन गर्न समिति गठन


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– चाडपर्वको समयमा यात्रुहरुलाई सुरक्षित यात्रा गराउने उद्देश्यले प्रदेश–५ मा सार्वजनिक यातायात व्यवस्था अनुगमन समिति गठन गरिएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयमा बुधबार भएको बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिवको संयोजकत्वमा अनुगमन समिति गठन गरेको हो ।

बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री, भौतिक पूर्वाधार विकासमन्त्री, सुरक्षा निकायका प्रमुख, यातायात व्यवसायी एवं मन्त्रालयका सहसचिवको उपस्थिति थियो ।

यस्तै छलफलले चाडपर्वका समयमा यात्रु चाप बढ्ने हुँदा तोकिएको भाडा दरमा अग्रिम टिकट बुकिङ्गको व्यवस्था मिलाउनसमेत यातायात व्यवसायीलाई आग्रह गरिएको सडक पूर्वाधार तथा व्यवस्था महाशाखा प्रमुख भिमार्जुन पाण्डेले बताए ।

छलफलमा बोल्दै आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले यात्रुहरुलाई सहज सेवा दिन व्यवसायीहरुलाई आग्रह गर्दै चार्डपर्वको समयमा यात्रुहरुको चाप बढ्ने भएकाले सेवालाई समेत प्राथमिकतामा राख्न व्यवसायीहरुलाई अपिल गरेका छन् ।

यसैबीच, भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले चार्डपर्वको समयमा बढ्ने कालोबजारी, ठगीजस्ता घटना हुनेभन्दै चनाखो भएर सुरक्षा चेकजाँच गर्न सुरक्षा निकायलाई आग्रह गरे । उनले भारतसँग जोडिएका नाकाहरुबाट चार्डपर्व मनाउन आउने यात्रुहरुलाई सुरक्षित यात्राको वातावरण बनाउन समेत निर्देशन दिए ।

छलफलमा पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले सरकारी निकायसँग गरेको प्रतिबद्धता कार्यान्वयन गर्ने बताए ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  ९ : ५० बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड