सीप सिक्न चाहन्छन् अपांगता भएका व्यक्तिहरु | Khabarhub Khabarhub

सीप सिक्न चाहन्छन् अपांगता भएका व्यक्तिहरु


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुरस्थित सुनाकोठीको नव सूर्योदय विद्यालयकी विद्यार्थी हुन् सिसम महर्जन । जन्मेको डेढ वर्षमा खुट्टामा मासु पलाएपछि उनकी आमाले चिकित्सक कहाँ पुर्‍याइन् ।

चिकित्सकको सल्लाहबमोजिम सिसमको घुँडामुनिको भाग काट्नुर्‍यो । त्यससँगै उनको हातको औंला पनि बाङ्गाटिङ्गा भए । शारीरिक रुपमा अशक्त देखिएपनि उनी पढ्न निकै अब्बल छिन् । अहिले उनी कक्षा ६ मा अध्ययनरत छिन् ।

बुधबार ललितपुर महानगरपालिकाले अपागंता भएकाहरुको तथ्याङ्क संकलन गरी उनीहरुलाई परिचयपत्र प्रदान गराउने उद्देश्यले शिविर सञ्चालन गरेको थियो । शिविरमा सिसम पनि उपस्थित थिइन् । उनले निलो अर्थात् ‘ख’ वर्गको कार्ड पाएकी छन् । महानगरकी उप्रमुख गीता सत्यालबाट कार्ड लिएकी सिसमले धेरै पढेर भविष्यमा शिक्षक बन्ने लक्ष्य रहेको बताइन् ।

त्यस्तै महानगरअन्तर्गतको वडा नम्बर २६ का विनोद खत्री आफैँ हिँड्न सक्दैनन् । उनी अपांगता बन्नुको कारण थियो ‘नङको घाउ’ । सानो घाउ ठूलो बन्दै गएपछि उनका बुबाले उपचारका लागि डाक्टरकहाँ पुर्‍याए । डाक्टरको उपचारले उनीमा केही परिवर्तन आएन । २२ वर्षका विनोद प्राविधिक सीप सिक्न चाहन्छन् । ‘कम्प्युटर सम्बन्धी सीप सिक्न मन छ’ महानगरकी उप्रमुख सत्यालबाट परिचयपत्र लिने क्रममा उनले भने ‘अवसर पाए तालिम लिन्थें ।’

हाल ललितपुर महानगरले अपांगता भएकाहरुको तथ्याङ्क संकलन गर्न विभिन्न वडाहरुमा शिविर सञ्चालन गरिरहेको छ । महानगरले वडा नम्बर २६ र २७ मा मंगलबार परिचयपत्र वितरण गरेको थियो ।

अपांगता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ को दफा ४२ अनुसार अपांगता परिचयपत्र वितरण गर्ने समेत कार्यका लागि गठित स्थानीय समन्वय समितिको संयोजक नगर उपप्रमुख हुने व्यवस्था छ ।

शिविरमा ४० जनाले परिचयपत्र लिएको महानगरकी प्रमुख महिला विकास अधिकृत महेश्वरी विष्टले जानकारी दिइन् । अपांगता परिचयपत्र रातो, निलो, सेतो र पहेंलो गरी चार किसिमका छन् ।

रातो र निलो कार्ड पूर्ण अशक्त, पहेलों र सेतो साधरणलाई दिइन्छ । रातो र निलो कार्ड पाउनेले सुविधासहित मासिक भत्ता पाउँछन् भने पहेंलो र सेतो कार्ड पाउनेलाई भत्ताको व्यवस्था छैन ।

ललितपुर महानगरले असार २५ गतेदेखि अपांगता भएकालाई परिचयपत्र वितरण गर्न सुरु गरेको हो । हालसम्मको तथ्याङ्कअनुसार महानगरभित्र २ सय ६१ जनाले अपांगता परिचयपत्र लिएका छन् ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  ५ : ०० बजे

सर्वोत्तम सिमेन्टको पाँचौ वार्षिक साधारण सभा सम्पन्न

काठमाडाैं– सौरभ ग्रुप अन्तर्गतको सर्वोत्तम सिमेन्ट लिमिटेडले पाँचौ वार्षिक साधारण

नेपाली सेनामा जागिर खुल्यो , ३१९ जनाको दरखास्त आह्वान

काठमाडौं– नेपाली सेनाले विभिन्न पदहरूमा झन्डै ३१९ जनाका लागि दरखास्त

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन-चाँदी

मुुग्लिन-पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

गण्डकी– निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट

सांसद्‌हरू भन्छन्‌ – ‘निजी क्षेत्रलाई विद्युत प्रसारणलाइनमा पनि संलग्न गराऔं’

काठमाडौं – विद्युत प्रसारणलाइन विस्तारमा पनि  निजी क्षेत्रलाई भूमिका दिनुपर्ने