मलेसिया जाने कामदारको स्वास्थ्य परिक्षण शुल्क रोजगारदाताले नै तिर्ने | Khabarhub Khabarhub

मलेसिया जाने कामदारको स्वास्थ्य परिक्षण शुल्क रोजगारदाताले नै तिर्ने


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मंगलबारदेखि वैदेशिक रोजगारीमा मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गराएको शुल्क रोजगारदाता कम्पनी तिर्नपर्ने भएको छ ।

नेपालस्थीत मलेसियाली दूतावासले मंगलबारदेखि भिसा प्रमाणीकरणका काम शुरु गरेको छ । १६ महिनादेखि रोकिएको भिसा प्रमाणीकरणको काम मंगलबारदेखि शुरु भएको थियो ।

दूतावासले मलेसिया पहिलो पटक जाने कामदारको स्वास्थ्य परिक्षण गरेको पैशा त्यहाँ पुगेर काम गरेपछि रोजगारदाताले शुरु महिनाको तलवसँगै थपेर दिने सूचना जारी गरेर जानकारी गराएको छ ।

दूतावासले विज्ञप्ति निकाल्दै मलेसिया जान चाहनेहरुको स्वास्थ्य परीक्षण शुल्क बारे स्पष्ट पारेको छ । नेपाल र मलेसियावीच २९ अक्टोवर, २०१८ मा भएको श्रम समझदारी अनुसार स्वास्थ्य परीक्षण वापतको शुल्क तिर्नुपर्ने दायित्व रोजगारदाताको भएको दूतवासको सूचनामा भनिएको छ ।

दूतावासले यसअघिको शुल्कमा भएको वृद्धिका बारेमा पनि उल्लेख गर्दै सो तत्काल लागु हुने जनाएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  १ : ४७ बजे

व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहको निर्देशन

काठमाडौं– गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४

जिब्रोमा नून बोक्नेको तरकारी चाख्ने सोख

घरव्यवहारबाट वाक्क, दिक्क, प्याक्क भएपछि एक वृद्ध बनबास गएछन्। वनबास

कक्षा १२ छिचोल्ने प्रयास (तस्बिरहरू) 

काठमाडौं– यस वर्षको कक्षा १२ को बोर्ड परीक्षा आजदेखि सुरु

अष्ट्रेलियाको समुन्द्र तटबाट १३० ह्वेल माछाको उद्धार

सिड्नी– पश्चिमी अष्ट्रेलियाको सामूहिक समुद्र तटबाट १३० ह्वेलको उद्धार गरिएको

 लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ– दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा