काठमाडौंमा किन चल्न सकेनन् रात्रि बस ? | Khabarhub Khabarhub

काठमाडौंमा किन चल्न सकेनन् रात्रि बस ?



काठमाडौं-कपनकी शारदा परियार विगत २ वर्षदेखि कमलपोखरीस्थित एउटा कार्यलयमा कार्यरत छिन् । उनी दिउँसोको १२ बजेदेखि बेलुकी ९ बजेसम्म कार्यलयमा व्यस्त हुन्छिन् । जब ९ बजे अफिसबाट निस्किन्छिन् तब उनको मन पोल्न थाल्छ । कारण हो घर जाने सवारी नहुनु वा ‘सार्वजनिक बस नपाउनु ।’

‘सार्वजनिक बसको प्रतीक्षा गर्दा कहिले त १० नै बज्छ । धेरै समय कृष्णपाउरोटी अगाडी बस कुर्दाकुर्दै १० बजेको हुन्छ,’ खबरहबसँग कुरा गर्दे उनले भनिन्, ‘पहिले त पठाओ पनि प्रयोग गर्थे, पछि आफैंलाई त्यसमा यात्रा गर्न मन लागेन’ ।

रातिको समयमा सडकमा बस कुर्ने उनी मात्र होइन उनी जस्ता थुप्रै सर्वसाधरणहरु लिफ्ट माग्ने वा ट्याक्सीमा यात्रा गर्ने गर्छन् । तर शारदा भने त्यसरी यात्रा गर्दा पनि आफूलाई असुरक्षित महशुस गर्छिन् । धेरैजसो समय त उनी कमलपोखरीबाट कपनसम्म पैदल नै यात्रा गर्ने गरेकी छन् ।

रातिको समयमा सवारी साधन नपाउनु, घण्टौंसम्म बसको प्रतीक्षामा बस्नु सर्वसाधरणको बाध्यता बनेको छ । त्यसमा पनि पैंसा हुनेहरु ट्याक्सीमा यात्रा गर्छन् त नहुनेहरु हिडेरै गन्तव्यमा पुग्छन् ।

देशकै राजधानी काठमाडौंमा बस्ने सर्वसाधरणले दैनिक रुपमा भोग्ने समस्या हो यो । रातिको समयमा सवारी साधन सडकमा नगुड्दा यात्रुहरु कष्टकर यात्रा गर्न बाध्य छन् ।

सम्बन्धित निकायले पटकपटक रात्रिकालीन बस सञ्चालन गर्ने भनिरहे पनि यसको कार्यान्वयन हुन नसक्दा यो समस्या झेल्नु परेको गुनासो यात्रुहरुको छ ।

के हुँदैछ रात्रिबस चलाउने योजना

यही विषयलाई मध्यनजर गर्दै काठमाडौं महानगरपालिकाले वैशाखबाट रात्रिकालीन बस सञ्चालनमा ल्याउने भनेको थियो । महानगरले स्थानीय राजपत्र प्रकाशित भएसँगै रात्रिकालीन सवारी साधन चलाउने व्यवस्था लागु ल्याएको थियो ।

राजपत्रको दफा ७ को बुँदा नम्बर (ठ) मा भनिएको पनि छ ‘कार्तिकदेखि माघसम्म बिहान ५ बजेदेखि राति ९ बजेसम्म र बाँकी अन्य महिनाको हकमा बिहान ५ बजेदेखि राति १० बजेसम्म अनिवार्य रुपमा निर्धारित रुटमा सवारी सधान चल्ने व्यवस्था मिलाउने।’

त्यससँगै महानगरले गत असार महिनाबाट ३ वटा रुटमा साझाका ३ बसहरु राति १० बजेसम्म चलाउने गरी सञ्चालन थाल्यो ।

साझाले न्यूरोड गेटबाट नयाँ बानेश्वर-एयरपोर्ट-चावहिल हुँदै नयाँ बसपार्क र न्यूरोड गेटबाट एनएसी-रत्नपार्क हुँदै त्रिपुरेश्वर-टेकु-कालीमाटी-कलंकीसम्म राति १० बजेसम्म बस सेवा शुरु गरेको थियो ।

अहिले साझाका ३ बसहरु रातको ९ बजेसम्म मात्र सडकमा गुड्ने गर्छन् ।

अनुगमन समिति गठन हुने

रात्रिकालीन समयमा सार्वजनिक सवारी साधन चलाउनका लागि छुट्टै समिति गठन गर्न लागिएको महानगरले जनाएको छ ।

अहिले सार्वजनिक सवारी साधनप्रति गठित कुनै पनि समिति नभएकाले यो योजना कार्यान्वयन हुन नसकेको महानगरका सूचना अधिकारी वसन्त आचार्यले बताए ।

‘सार्वजनिक यातायात अनुगमन समिति गठनको प्रक्रियामा छौं’ उनले भने ‘समिति गठन भएपश्चात सडकमा राति पनि सवारी साधन गुड्छन्’।

अहिले महानगरले लगानी गरेका साझाका ३ बसले रात्रिकालीन सेवा दिइरहेको बताउँदै उनले भने, ‘हामीले सर्वसाधरणलाई राति निरन्तर यति समयको फरकमा बस चल्छ भन्ने प्रत्याभुति दिन सकेका छैनौं ।’

उनका अनुसार यातायात व्यवस्था विभाग र यातायात व्यवसायीहरुबीच छलफल भइरहेको र केही समयमै रात्रिबस सञ्चालनमा आउने छन् ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  ५ : १५ बजे

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना