पूर्वयुवराज पारसद्वारा डिउटीमा खटिएका प्रहरीमाथि हातपात ! | Khabarhub Khabarhub

पूर्वयुवराज पारसद्वारा डिउटीमा खटिएका प्रहरीमाथि हातपात !


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वयुवराज पारस शाहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ड्युटीमा रहेका प्रहरीमाथि हातपात गरेका छन् ।

आमा कोमललाई बिदा गर्न विमानस्थल पुगेका उनले ड्युटीमा रहेका प्रहरी नायव उपरीक्षकमाथि हातपात गरेका हुन् । विमानस्थलको सुरक्षार्थ खटिएका प्रहरीले चेकजाँच गर्नेक्रममा उनका छोरा हृदयेन्द्र शाह र बहिनी पेरणाका छोरालाई प्रहरीले दुर्व्यवहार गरेको भन्दै प्रहरीको छात्तीमा समातेर धकेलेका थिए ।

उनका समर्थकले राजतन्त्रको नारा लगाउँदै गरेका बेला उनी भने सुरक्षार्थ खटिएका प्रहरीमाथि नै जाइलागेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ ।

भिडियोमा देखिएको दृश्य हेर्दा पनि पूर्वयुवराज पारस फर्कीफर्की प्रहरीमाथि झम्टिएको देखिएको छ । सामाजिक सञ्जालमा जनताको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी माथिको दुर्व्यवहार गर्ने पूर्वयुवराज पारसलाई कारबाही गर्न माग गरिएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ९ : ५९ बजे

हरियाली बढाउन ६५ हजार बिरुवा वितरण गरिँदै

तनहुँ– हरियाली बढाउन जिल्ला डिभिजन वन कार्यालय तनहुँले ६५ हजार

सरकारले अघि बढायो ‘सोभरेन क्रेडिट रेटिङ’

काठमाडौं – सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्याङ्कन

८५ लाख रुपैयाँको लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङमा ८५ लाख रुपैयाँको लगानीमा वडा

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ– बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार– ताराखोला

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित