१६ लाख नगद लुट्न प्रपन्च रच्ने मनोजकुमार पक्राउ | Khabarhub Khabarhub

१६ लाख नगद लुट्न प्रपन्च रच्ने मनोजकुमार पक्राउ


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गोयल कम्पनीको खातामा जम्मा गर्न लगिएको रकम लुटिएको नाटक गर्ने एक जना भारतीय नागरिकलाई १६ लाख नगदसहित प्रहरीले पक्राउ गरेको छ ।

गोयल कम्पनीमा काम गर्दै आएका भारत अत्तरिया ठाना घर भइ हाल काठमाडौंको डल्लुमा बसोबास गर्ने मनोजकुमार साहलाई प्रहरीले १६ लाख नगद सहित पक्राउ गरेको छ ।

उनले आइतबार काठमाडौं महानगरपालिका वडा नम्बर २२ न्यूरोडबाट १६ लाख लुटिएको भन्दै प्रहरीमा खबर गरेका थिए । उनले पाको न्युरोडमा माक्स लगाएका अज्ञात २ जना व्यक्तिले मोटरसाइकलामा आएर १६ लाख रुपैयाँ लुटेको प्रहरीमा खबर गरेका थिए ।

घटनास्थल आसपासका सीसीटिभी फुटेच अनुसन्धान गर्दा त्यस्तो कुनै घटना नदेखिएपछि शंका लागेर प्रहरीले सूचना दिने साहमाथि नै अनुसन्धान थालेको थियो ।  प्रहरी अनुसन्धानका क्रममा निजले नै सो रकम लुकाएको र कपोकल्पित घटना बनाएको खुलेको हो ।

साहले उक्त लुटिएको भनिएको रकम डल्लुस्थित कोठामा राखेर झुटा खबर प्रहरीमा दर्ता गराएको खुल्न आएको प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

गोयल कम्पनीको खाताको रकम लुटिएको नाटक गरेर उनले आफ्नै कोठामा सो रकम लुकाएर राखेको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।  विगत ३ महिनादेखि उनले गोयल कम्पनीको खातामा रकम जम्मा गर्ने काम गर्दै आइरहेका थिए ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ७ : ५४ बजे

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार