स्पेनिस ला लिगाः रियलको सुखद सुरुवात | Khabarhub Khabarhub

स्पेनिस ला लिगाः रियलको सुखद सुरुवात


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले विजयी सुरुवात गरेको छ । शनिबार राति भएको सिजनको पहिलो खेलमा सेल्टा भिगोलाई ३-१ गोल अन्तरले पराजित गर्दै रियलले सुखद सुरुवात गरेको हो ।

सेल्टाको मैदानमा १० खेलाडी सिमित भएपनि रियलले उत्कृष्ट जित निकाल्यो । रियलको जितमा करिम बेन्जिमा, टोनि क्रुस र लुकास भास्क्वेजले एक एक गोल गरे । सेल्टाको इकर लोसडाले एक गोल फर्काए ।

घरेलु टिमविरुद्ध खेलको १२ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । खेलको ५६ औं मिनेटमा लुका मोड्रिचले रातो कार्ड पाउँदा रियल १० खेलाडीमा समेटियो । १० खेलाडीमा सिमित भएपनि रियलले थप दुई गोल गर्यो ।

खेलको ६१ औं मिनेटमा क्रुसले गोल गर्दै रियलको अग्रता २-० को बनाए । त्यसपछि खेलको ८० औं मिनेटमा भास्क्वेजले गोल गर्दै रियललाई ३-० को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा घरेलु टोलीका लोसडाले एक गोल फर्काएपनि टोलीको हार टार्न सकेनन् ।

सेल्टाविरुद्धको जितमा प्रशिक्षक जिनेदान जिदानले ग्यारेथ बेललाई पहिलो रोजाईमा मैदान उतारेका थिए । जितसँगै रियलले ३ अंकबाट सिजनको सुरुवात गरेको छ । सेल्टाले भने हारबाट नयाँ सिजनको सुरुवात गरेको छ ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ७ : ४९ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम