१५ लाख पर्यटक भित्र्याउने गण्डकी प्रदेश सरकारको लक्ष्य | Khabarhub Khabarhub

१५ लाख पर्यटक भित्र्याउने गण्डकी प्रदेश सरकारको लक्ष्य


६ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- गण्डकी प्रदेश सरकाले राष्ट्रिय लक्ष्यसँग मेल खाने गरी सन् २०१९ लाई गण्डकी प्रदेश आन्तरिक पर्यटन वर्ष २०१९ मनाउन लागेको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले यही फागुन ९ गते घोषणा गर्नै आन्तरिक पर्यटन वर्ष २०१९ मा १५ लाख आन्तरिक पर्यटक प्रदेशमा भित्र्याइने लक्ष्य रहेको मन्त्री विकास लम्सालले जानकारी दिए ।

संघीय सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरी २० लाख बाह्य पर्यटक नेपाल भित्र्याउने घोषणा गरिसकेको छ ।  सरोकार भएकाहरुसँग मस्यौदा कार्य योजनासम्बन्धी छलफलमा मन्त्री लम्सालका अनुसार संघीय सरकारले सार्वजनिक गरेका पर्यटकीय गन्तव्यमध्ये गण्डकी प्रदेशमा मात्र १४ वटा छन् । तीबाहेक पनि थुप्रै पर्यटकीय सम्भावना यस क्षेत्रमा छन् ।

संघीयताको नयाँ अभ्यासबाट प्रदेशको समृद्धिका लागि शुरु गरिएको भ्रमण वर्ष सफल बनाउन सबैले आआफ्ना ठाउँबाट पहल र प्रचार प्रसार गर्नुपर्नेमा उनले जोड दिए  ।

मन्त्री लम्सालले आन्तरिक भ्रमण वर्षबाट पर्यटन विकासमा टेवा पु¥याएर जीविकोपार्जन र आयआर्जनका अवसर वृद्धि गरी दिगो विकासका लक्ष्य प्राप्त गर्न सहयोग पुग्ने विश्वास ब्यक्त गरे।

छलफलमा आन्तरिक पर्यटन वर्ष २०१९ अभियानको प्रतीकचिह्न र नाराका विषयमा सरोकार भएकाहरुको धारणासहित आवश्यक सुझाव सङ्कलन गरिएको थियो ।

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार  ८ : ४६ बजे

दक्षिण कोरियाले गर्‍यो नानोस्याटेलाइट प्रक्षेपण

काठमाडौं– दक्षिण कोरियाले पहिलो नानोस्याटेलाइट प्रक्षेपण गरेको छ । सन्

आईपीएलमा आज कोलकोता र पञ्जाब खेल्दै

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज एक खेल हुँदै

गाजा युद्धको विरोध भएपछि अमेरिकाका विश्वविद्यालयबाट सयौं विद्यार्थी पक्राउ

न्युयोर्क – अमेरिकाको विश्वविद्यालयहरुमा गाजा युद्धको विरोध हुन थालेपछि सयौं

कालिकामा एकल, दलित र विपन्न महिलालाई सवारी चालक तालिम

नारायणगढ– कालिका नगरपालिकाले एकल, दलित र विपन्न वर्गका महिलालाई आत्मनिर्भर

भारतीय चुनाव : आज दोस्रो चरणको मतदान

काठमाडौं– भारतीय लोकसभाका लागि उधुम गर्मीका बाबजुद आज बैशाख १४