इस्लामिक स्टेटका जर्मन लडाकु स्वदेश फर्किनसक्ने | Khabarhub Khabarhub

इस्लामिक स्टेटका जर्मन लडाकु स्वदेश फर्किनसक्ने


६ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सिरियामा आतंकवादी संगठन इस्लामिक स्टेटका तर्फबाट लड्ने जर्मन लडाकुलाई स्वेदश फर्किने पूर्ण हक रहेको जर्मन सरकारको आन्तरिक मामिला मन्त्रालयका प्रवक्ताले जनाएका छन् ।

जर्मनीको आन्तरिक मामिला मन्त्रालयका प्रवक्ताले आफ्नो नियमित पत्रकार सम्मेलनका क्रममा इस्लामिक स्टेटका जर्मन लडाकुलाई स्वदेश फर्किने नैसर्गिक अधिकार रहेको जनाएका हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरुलाई इस्लामिक स्टेटका तर्फबाट लड्ने आफ्ना नागरिकहरुलाई स्वदेश लैजान र उतै कानूनी कारवाहीको प्रकृया सुरु गर्न आह्वान गरेको केही दिनलगत्तै जर्मन सरकारको यस्तो भनाइ आएको हो ।

गत ६ वर्षयता युरोपबाट हजारौँ लडाकुहरु सिरियामा इस्लामिक स्टेटमा भर्ना हुन पुगेका थिए । अधिकांश युरोपेली लडाकु युद्धमैदानमा मारिएको बताइएपनि अझै ८ सय भन्दा धेरै युरोपेली लडाकुहरु जीवितै रहेको बताइएको छ ।

यता युरोपमा भने इस्लामिक स्टेटका लडाकुलाई स्वदेश फिर्ता ल्याउन हुने वा नहुने विषयमा चर्को बहस छेडिएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार  ५ : ५९ बजे

चेपाङ आवास कार्यक्रम : इच्छाकामनामा २२ घर निर्माण

भरतपुर– चेपाङ आवास कार्यक्रमअन्तर्गत इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका

काठमाडौँमा फेरि बढ्यो वायु प्रदूषण

काठमाडौं– काठमाडौँ उपत्यकाको वायु प्रदूषण फेरी बढेको छ । मुलुकको

मल ल्याउने ठेक्का भारतीय कम्पनीलाई, किसानको सास्ती हट्ला ?

काठमाडौं – सरकारले बर्खेखेतीका लागि ३० हजार टन युरिया मल

ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– टर्कीएका लागि नेपालका गैरआवासीय राजदूत तापस अधिकारीले त्यहाँका राष्ट्रपति

बेँसीसहर-खुदी सडक कालोपत्र सम्पन्न

लमजुङ– मनाङ र लमजुङ जोड्ने बेँसीसहर–चामे सडक कालोपत्र सम्पन्न भएको