छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु | Khabarhub Khabarhub

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–मोरङ र बाँकेमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।

मोरङ, शनिश्चरे नगरपालिका(१० पूर्वपश्चिम राजमार्गमा को १ ख ४८४२ नम्बरको बसले मे १ च ५३९१ नम्बरको पिकअपलाई बिहीबार बिहान ठक्कर दिई बस अनियन्त्रित भई पल्टिएर भएको दुर्घटनामा बसमा सवार हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुषको घटनास्थलमै तथा गम्भीर घाइते भएका बसका सहचालक कानेपोखरी गाउँपालिका ३ बस्ने ३१ वर्षीय टिकाराम थापाको न्यूरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका २६ जनामध्ये ८ जनाको पथरी अस्पताल पथरीमा, ७ जनाको नोवेल अस्पताल बिराटनगरमा र ११ जनाको न्यूरो अस्पताल बिराटनगरमा उपचार भइरहेको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाँके, कोहलपुर नगरपालिका(२ मुक्तिनगरमा भे।१ क १२५३ नम्बरको स्कूल बसले बिहीबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएकी सोही ठाउँ बस्ने हरि चौधरीकी ३ वर्षीया छोरी रिदम चौधरीको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको छ ।

बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  ५ : १२ बजे

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना