कलाकारहरुको ‘फेसएप’ आतंक, लहडमा प्रचार ! | Khabarhub Khabarhub

कलाकारहरुको ‘फेसएप’ आतंक, लहडमा प्रचार !


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मोबाइल एप ‘फेसएप’ लाई विज्ञहरुले सूचना चोर्न सक्ने भन्दै चेतावनी दिइरहेका बेला नेपाली कलाकारहरुले नै यो एपको प्रयोग गर्दै एपको प्रचार गरिरहेका छन् ।

कलाकारहरुले सामाजिक सञ्जाल फेसबूक तथा इन्स्टाग्राममा एपका माध्यमबाट आफूलाई बूढो देखाइएका तस्वीरहरु शेयर गरिरहेका छन् । कतिपय कलाकारका भने पब्लिक तस्वीरलाई नै फ्यानहरुले एपका माध्यमबाट बूढो बनाएर पोस्ट गरिरहेका छन् ।

एन्ड्रोइड र आइफोन दुवै एपमा उपलब्ध यो एपले कुनै पनि तस्वीरलाई बूढो देखाउने गर्छ । सन २०१७ मै उपलब्ध यो एप एक रसियन कम्पनीले निर्माण गरेको हो ।

केही दिनयता सामाजिक सञ्जालमा यो एपको प्रयोग बढ्दो छ । विज्ञहरुले भने यो एपले मोबाइलको ग्यालरीका तस्वीरहरु चोर्न सक्ने चेतावनी दिएका छन् ।

अभिनेता दीपकराज गिरीले सामाजिक सञ्जाल फेसबूकमा एपका माध्यमबाट बूढो देखिएको तस्वीर शेयर गर्दै लेखेका छन्, ‘बिहान बिहान कुन चाहिँले काम पाएनछ, यस्तो बनाएर मलाई नै पठाएछ, बनाउन त बनायो ठीकै छ, तर मेरो हजुरबा भन्दा नि बूढो बनाएछ ।’

एकाबिहानै दीपकराज गिरीले तस्वीर शेयर गरेपछि अरु कलाकारले पनि तस्वीर अपलोड गर्न थाले । सामाजिक सञ्जालमा केदार प्रसाद घिमिरेले पनि तस्वीरहरु शेयर गरेका छन् । ती तस्वीरलाई उनले रमाइलोका रुपमा लिएका छन् ।

मोडल नीति शाहले पनि इन्स्टाग्राममा आफ्नो बुढ्यौली तस्वीर शेयर गरेकी छिन् । उनले मात्र होइन, अन्य नायिकाहरुले पनि एपका माध्यमबाट तस्वीर मोडिफाई गरेर अपलोड गरेका छन् । यसलाई धेरैले रमाइलोका रुपमा लिएका छन् ।

जितु नेपालले तस्वीर शेयर गर्दै लेखेका छन्, ‘नेपाली बाजेले जीतु बाजेको फोटो बनाएछ, ८०बर्षको जीतु नेपाल अरे नि त ।’

निति शाहले इन्स्टाग्राममा यी तस्वीर शेयर गरेकी छिन् ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  १२ : २० बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम