भारतबाट नेपालतर्फ आउँदै गरेको ट्रकका सहचालक मृत फेला | Khabarhub Khabarhub

भारतबाट नेपालतर्फ आउँदै गरेको ट्रकका सहचालक मृत फेला


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– भारतबाट माल सामान बोकेर नेपालतर्फ आउँदै गरेको भारतीय ट्रकका सहचालक मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार परवानीपुरस्थित सुख्खा बन्दरगाहतर्फ जाँदै गरेको युपी–२५–सीटी–४४६१ नम्बरको १४ चक्के ट्रकका सहचालक मृत फेला परेका हुन् ।

मृत फेला पर्नेमा भारत बरैली जिल्लाको भुताहा थाना घर भएका अन्दाजी ४५ वर्षीय सोनु छन् ।

सोनुको ट्रक भित्रै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले ट्रकसहित ट्रकका चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडि बढाएको छ ।

मृतक सोनुको शव पोस्टमार्टमका लागि नारायणी अस्पताल वीरगन्ज पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  ११ : ०३ बजे

कक्षा १२ को परीक्षा (तस्बिरहरू) 

काठमाडौं– यस वर्षको कक्षा १२ को बोर्ड परीक्षा आजदेखि सुरु

अष्ट्रेलियाको समुन्द्र तटबाट १३० ह्वेल माछाको उद्धार

सिड्नी– पश्चिमी अष्ट्रेलियाको सामूहिक समुद्र तटबाट १३० ह्वेलको उद्धार गरिएको

 लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ– दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा

‘आगलागी न्यूनीकरणमा सरकार किन असंवेदनशील ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा