खाडीका ६ देशमा तापक्रम बढेसँगै दिउँसो काम गर्न रोक | Khabarhub Khabarhub

खाडीका ६ देशमा तापक्रम बढेसँगै दिउँसो काम गर्न रोक


३ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विगत एक हप्तादेखि बढेको तापक्रमका कारण खाडीका देशको जनजीवन प्रभावित भएको छ । खाडीका ६ देशले तापक्रम ६३ डिग्रीसम्म पुगेपछि मध्याह्नको समयमा श्रमिकलाई काम गराउन रोजगारदाता कम्पनीहरूलाई रोक लगाएको छ ।

बहराइन, कुवेत र ओमनले १ जुलाईदेखि ३१ अगस्टसम्म, कतारले १५ जुनदेखि ३१ अगस्टसम्म, साउदी अरबले १५ जुनदेखि १५ सेप्टेम्बरसम्म र यूएईले १५ जुनदेखि १६ सेप्टेम्बरसम्म मध्याह्नको समय श्रमिकलाई काम नलगाउन रोजगारदाता कम्पनीलाई उर्दी जारी गरेको अरबी न्यूजले समाचार सम्प्रेक्षण गरेको छ ।

यस्तै, बहराइनले मध्याह्न १२ देखि ४ बजेसम्म, कुवेतले बिहान ११ देखि ४ बजेसम्म, ओमनले मध्याह्न १२.३० देखि ३.३० सम्म, कतारले ११.३० देखि ३ बजेसम्म, साउदीले १२ देखि ३ बजेसम्म र यूएईले १२.३० देखि ३ बजेसम्म काम नलगाउन रोजगारदाता कम्पनीलाई निर्देशन दिएको छ ।

मध्याह्नमा काम लगाउने रोजगारदाता कम्पनीलाई कानूनी कारबाही हुने चेतवानी समेत दिएको छ । निर्णय उल्लंघन गर्ने कम्पनीलाई आर्थिक कारबाही गरिने जनाइएको छ ।

खाडीका देशमा तापक्रम बढेर यो वर्षकै उच्च  विन्दुमा पुगेको छ । कुवेतमा अहिलेसम्मकै उच्च ६३ डिग्रीसम्म तापक्रम मापन भएको समाचार जनाइएको छ ।

अन्य देशमा दैनिक ६० डिग्री तापक्रम पुग्ने गरेको छ । खाडीका देशमा करिब २० लाखभन्दा धेरै नेपाली कार्यरत रहेको सरकारी अनुमान छ । खाडीका देशमा रहेका नेपाली कूटनीतिक नियोगले पनि दिन बाहिर नहिडन त्यहाँ रहेका नेपाली अपिल गरेको छ ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  १० : ५८ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम