विप्लव नेकपाको बन्दमा कहाँ के भयो? | Khabarhub Khabarhub

विप्लव नेकपाको बन्दमा कहाँ के भयो?


५ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विल्पव नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको असर देशका बिभिन्न स्थानमा परेको छ । काठमाडौँ लगाएतका केही स्थानमा भने बन्दको प्रभाव न्यून छ । बन्द लक्षित गर्दै समुहले देशका बिभिन्न स्थानमा राखेको शंकास्पद बस्तु सुरक्षाकर्मीले निश्क्रिय पारेका छन् । पूर्वी नवलपरासीको पूर्वपश्चिम लोकमार्गलाई लक्षित गरी ठाउँठाउँमा शंकास्पद वस्तु राखिएको छ ।

पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका १३ र १४ को बीचमा पर्ने बेल्डिया पुलमा रातो झोलामा शंकास्पद वस्तु भेटिएको छ । विहान पाँच बजेतिर उक्त वस्तु फेला परे पछि सडक अवरुद्ध छ ।

त्यसैगरी देवचुली नगरपालिका २ मा रहेको दुम्कौली हेल्थ पोष्ट अगाडि पनि रातो झोलामा शंकास्पद वस्तु फेला परेको छ । दुम्किौली हेल्थ पोष्ट अगाडि लक्ष्मी नारायण वस्त्रालय लेखेको कपडाको झोला भित्र प्लाष्टिकमा बेरेर राखिएको शंकास्पद वस्तु फेला परेको हो । बन्दको पूर्व सन्ध्यामा बुधबार साँझ चौधरी उद्योग अगाडि बम विस्फोट भएको थियो भने अरुणखोलामा राँके जुलुस निकाल्ने क्रममा पुरुषोत्तम रेग्मी पक्राउ परेका थिए ।

त्यस्तै पाल्पाको रिब्दीकोट गाउँपालिका कार्यालय भवनमा बम विस्फोट भएको छ । गाउँपालिकको वडा नम्बर ३ को वडा सचिव बस्ने कोठा छेऊमा विस्फोट गराइएको छ । विस्फोटबाट एक थान कम्प्यूटर, तिन वटै तल्लाको अगाडी भागको झ्यालका सिसा फुटेको, एउटा झ्यालको चौकस, भवन अगाडीको ट्रस ध्वस्त भएको र भवनको ग्राहो समेत केही चर्किएको गाउँपालिका प्रवक्ता विष्णु खनालले बताए । बुधबार बिहान १ बजे विस्फोट भएको स्थानीयहरुले बताएका छन् । मोटरसाइकलको टायरमा बनाइएको सुतली बम पड्काएरको प्रराम्भीक अनुसन्धानबाट खुलेको छ भने शंकास्पद एक जनालाई प्रकाऊ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कोहलपुरमा प्रेसरकुकर बम फेला

विप्लव नेतृत्वको नेकपा माओवादीले आब्हान गरेको नेपाल बन्दका क्रममा बाँकेको कोहलपुरमा प्रेसरकुकर बम फेला परेको छ । ईलाका प्रहरी कार्यालयबाट १ हजार ५ सय मिटर टाढा रहेको कृषि बजार अगाडिको मुख्य राजमार्गमा बिहीबार बिहानै प्रेसरकुकर बम फेला परेको हो ।

अहिले नेपाल प्रहरी र शसस्त्र प्रहरीले बम भेटिएको स्थानलाई आफ्नो नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरले भने पुर्व पश्चिम राजमार्गमा प्रेसरकुकर बम जस्तो शङ्कास्पत वस्तु भेटिएको जनाएको छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटनका लागि आज राष्ट्रपति विद्यादेबी भण्डारी नेपालगन्ज आउने कार्यक्रम रहेको छ । एका बिहानै कोहलपुरमा बम भेटिएपछि सुरक्षामा कडाई गरिएको प्रहरीले जनाएको छ ।

बिहिबार बिहान ५ बजे मुख्य राजमार्गमा शंकास्पद बस्तु देखिएपछि स्थानियहरुले प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै राँझास्थित सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको थियो । करिब २ घण्टाको प्रयासपछि सिद्धिबिनायक सामुदायिक बनमा लगेर बम डिस्पोज गरिएको थियो । प्रहरीका अनुसार निष्क्रिय पारिएको कुकर बममा ठुलो क्षमताको विस्फोटक पदार्थ प्रयोग गरिएको थियो ।

अर्घाखाँचीको बम डिस्पोज

अर्घाखाँची संवाददाता गणेश खनालका अनुसार सदरमुकाम सन्धिखर्कमा फेला परेको बम नेपाली सेनाले डिस्पोज गरेको छ । चुत्राबेशीको व्यस्त चोकमा भेटिएको बम नेपाली सेनाले सुरक्षित स्थानमा विस्पोज गरेको हो । बन्दको पुर्व सन्ध्यामा नेकपा विप्लवले राखेको अनुमान गरिएको छ । सुरक्षा व्यवस्था अहिले थप कडा पारिएको छ ।

बागलुङमा पनि बम

नेत्र विक्रम चन्दको नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको नेपाल बन्द क्रममा बागलुङ सदरमुकाममा शंकास्पद बस्तु पाईप बम फेला परेको छ । बागलुङ नगरपालिका वडा नम्बर ३ शिव धाराचोक स्थित कम्पेलेक्स रहेको घरमा शंकास्पद बस्तु पाइप बम फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

शंकास्पद बस्तु फेला परेपछि नेपाली सेनाको बम डिस्पोजल टोलीले फेला परेको बस्तु डिस्पोजल गरेको प्रहरी प्रमुख कृष्णहरि शर्मा पोख्रेलले बताउनुभयो । बागलुङ बजार बम फेला परेको घटनापछि पुर्ण रूपमा बन्द रहेको छ । यातायातका,शैक्षिक संस्था,उद्योगधन्दा सञ्चालनमा आएका छैनन ।

गुजरातबाट काठमाडौं आउँदै गरेको ट्रकमा आगजनी

यसैबीच नवलपुरमा भारतको गुजरातबाट काठमाडौं जानका लागि आउँदै गरेको आर जे ०२ जिबि २८७० नम्बरको ट्रकमा अज्ञात समुहले आगजनी गरेको प्रहरीले जनाएको छ

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार  १ : ३७ बजे

कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त

काठमाडौं– कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई

प्रधानमन्त्री दाहाल मोरङमा

सुन्दरहरैचा– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ केहीबेर अघि मोरङ आइपुगेका छन्

बीए पहिलो वर्षमा फेल भइन् शान्ता चौधरी, पास हुनेलाई दिइन् बधाई

नेकपा एमालेकी केन्द्रीय सदस्यसमेत रहेकी पूर्वसांसद शान्ता चौधरी बीए पहिलो

सेती लोकमार्ग निर्माणमा ढिलाइ, अझै खुलेन ट्रयाक

गोदावरी– कैलालीको टीकापुरदेखि बझाङको उत्तरी सीमा उरै भञ्ज्याङ जोड्ने सेती

म्याग्दीमा उन्मूलन भयो औलो

म्याग्दी– म्याग्दीबाट औलो रोग उन्मूलन भएको छ । नेपालमा दुई