च्याम्पियन्स लिग– लिभरपुल भर्सेस बार्सिलोना, आयाक्स भर्सेस टोटनह्याम | Khabarhub Khabarhub

च्याम्पियन्स लिग– लिभरपुल भर्सेस बार्सिलोना, आयाक्स भर्सेस टोटनह्याम


५ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी –युईएफए च्याम्पियन्स लिगको सेमिफाइनल समिकरण पुरा भएको छ । बिहीबार बिहान क्वाटरफाइनलको दोस्रो लेगमा लिभरपुलले एफसी पोर्टो र टोटनह्यामले म्यान्चेस्टर सिटीलेलाई पराजित गरेसँगै सेमिफाइनल समिकरण पुरा भएको हो ।

समिकरण अनुसार बुधबार सेमिफाइनल प्रवेश गरेको स्पेनीस महारथी बार्सिलोना र इंग्लिस क्लब लिभरपुल अर्को खेलमा टोटनह्याम र डच टोली अयाक्सले प्रतिस्पर्धा गर्नेछन् ।

बार्सिलोना र लिभरपुलबीचको सेमिफाइनलको पहिलो लेग अप्रिल ३० मा हुनेछ भने दोस्रो लेगको खेल मे ७ मा हुनेछ । यसअघिको उपविजेता टोली लिभरपुलसँगको बार्सिलोनाको खेललाई बिशेष महत्वका साथ हेरिएको छ ।

यसअघिको विजेता टोलीलाई घर फर्काएको आयाक्सले पनि आफ्नो उपस्थिती बलियो बनाइरहँदा टोटनह्याम र आयाक्सबीचको खेल पनि रोमाञ्चक हुनेछ ।

क्वाटरफाइनलको दोस्रो लेगमा बिहिबार बिहान लिभरपुलले पोर्टोमाथि ४—१ गोलको शानतदार जीत हात पार्दै सेमिफाइनल स्थान बनाएको थियो । अब सेमिफाइनलमा बार्सिलोनालाई रोक्दै पुन यो सिजनमा पनि फाइनल पुग्ने लिभरपुलका लागि बार्सिलोना बाधक बन्ला ? प्रिमियर लिगको शीर्ष टोली लिभरपुल आफ्नो लय कायम राख्ने लक्ष्यमा रहेको छ भने ला लिगाको शीर्ष टोली च्याम्पियन्स लिगमा आफुलाई बलियो देखाउँदै फाइनल पुग्ने लक्ष्यमा रहेको छ ।

क्वाटरफाइनलको दोस्रो लेगमा टोटनह्यामलाई सिटीले ४—३ गोल अन्तरले पराजित गरेपनि ‘अवे’ गोलका आधारमा पपछि परेपछि सिटीको च्याम्पियन्स लिगको यात्रामा विराम लगाएको छ । यसअघि पहिलो लेगमा टोटनह्यामले सिटीको घरेलु मैदानमा उसलाई १—० ले पराजित गरेको थियो ।

को संघर्षपूर्ण जीत निकालेको टोटनह्याम आफ्नो लय कायम राख्दै च्याम्पियन्स लिगको फाइनलमा पुग्ने लक्ष्यमा हुनेछ । यस्तै, साविक विजेता टोली रियल मड्रिड र सिरी ‘ए’ को शीर्ष क्लब युभेन्ट्सलाई च्याम्पियन्स लिगबाट बिदा गरेको आयाक्स आफ्नो दबदबा च्याम्पियन्स लिगमा कायम गर्दैछ ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार  १० : ४१ बजे

सुनचाँदीको मूल्य बढ्यो,  कतिमा हुँदैछ कारोबार?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन-चाँदी

मुुग्लिन-पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

गण्डकी– निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट

सांसद्‌हरू भन्छन्‌ – ‘निजी क्षेत्रलाई विद्युत प्रसारणलाइनमा पनि संलग्न गराऔं’

काठमाडौं – विद्युत प्रसारणलाइन विस्तारमा पनि  निजी क्षेत्रलाई भूमिका दिनुपर्ने

चेपाङ आवास कार्यक्रम : इच्छाकामनामा २२ घर निर्माण

भरतपुर– चेपाङ आवास कार्यक्रमअन्तर्गत इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका

काठमाडौँमा फेरि बढ्यो वायु प्रदूषण

काठमाडौं– काठमाडौँ उपत्यकाको वायु प्रदूषण फेरी बढेको छ । मुलुकको