आप्रवासी कामदारको कमाइ सदुपयोग गर्न सुझाव | Khabarhub Khabarhub

आप्रवासी कामदारको कमाइ सदुपयोग गर्न सुझाव


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा बसाइँसराइँको प्रवृत्ति, ढाँचा, असर र शासकीय संरचनाको सिंहवालोकन सहितको आप्रावासीको अभिलेख सार्वजनिक भएको छ ।

नेपाल सरकारको समन्वयमा अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) ले तयार गरेको अभिलेख अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसका अवसर पारेर आज सार्वजनिक गरिएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले अभिलेख सार्वजनिक गर्दै श्रम आप्रवासनलाई सुरक्षित बनाउन सरकारले सीपयुक्त जनशक्तिलाई मात्र वैदेशिक रोजागरीमा पठाउने नीति अख्तियार गरेको बताए ।

वैदेशिक रोजगारीका क्षेत्रमा भइरहेको विकृति विसङ्गति हटाउँदै म्यानपावर कम्पनीलाई नियमन गरिने उनको भनाइ थियो । अभिलेखले वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन सहयोग पुराएको मन्त्री यादवको बुझाई छ ।

मन्त्री रायले सरकारले आफ्ना संयन्त्रमार्फत विगतदेखि नै आप्रवासी कामदारका लागि विभिन्न कल्याणकारी कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी कार्यक्रममा दिएका थिए ।

वैदेशिक रोजगारबाट प्राप्त विप्रेषणलाई उत्पादशनील क्षेत्रमा लगाउने सरकारको प्राथमिकताभित्र राख्नुपर्ने नेपाल सरकार, नीति अनुसन्धान केन्द्रका अध्यक्ष गणेश गुरुङले बताए

सही तथ्याङ्क नहुँदा नीति निर्माण गर्न समस्या भइरहेको उल्लेख गर्दै उनले बसाइँसराइँ अभिलेखमा समोवश तथ्याङ्कका आधारमा नीति निर्माण तहमा वकालत गर्न सहयोग पुग्ने बताए ।

तथ्यमा आधरित अभिलेखलाई प्रयोग गरेर बसाइँसराइँसँग नीति निर्माण गर्न तथा कानून सुधार गर्न आइओएमको भूमिका रहेको उनको तर्क छ । यसैगरी, आइओएमका नेपाल प्रमुख लरिना ल्याण्डोले आप्रवासी रणनीतिलाई नयाँ ढङ्गबाट लैजान बसाइँसराइँ अभिलेख तयार गरिएको बताइन ।

आप्रवासनले स्रोत तथा गन्तव्य मुलुकलाई भलाइ गरोस् भन्ने नै आइओइमको चाहना रहेको उनले जानकारी दिइन । अभिलेखका सुझाव अभिलेखलाई चार भागमा विभाजन गरिएको छ । एक भागमा नेपालको बसाइँसराइँको प्रवृत्तिको बारेका तथ्याङ्क र विश्लेषण गरिएको छ ।

दोस्रो भागमा बसाइँसराइँले आर्थिक–सामाजिक तथा विकासका मुख्य सुचकमा परेको असरबारे विश्लेषण गरिएको छ । तेस्रो भागमा बसाइँसराइँलाई व्यवस्थित गर्ने शासकीय संरचना र चौथो भागमा नीति निर्माताका लागि सुझाव दिइएको छ ।

सान्दर्भिक तथ्याङ्क प्रस्तुत गरी प्रभावकारी नीति निर्माणमा सहयापुर्याउन र बसाइँसराइँलाई नेपालको विकास योजनामा मूलप्रवाहीकरण गर्ने उद्देश्यले अभिलेख सार्वजनिक गरिएको आइओएमले जनाएको छ ।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  १ : ०१ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई