आज काठमाडौंको न्यूनतम तापक्रम ३.७ डिग्री सेल्सियस, चिसो अझै बढ्ने अनुमान | Khabarhub Khabarhub

आज काठमाडौंको न्यूनतम तापक्रम ३.७ डिग्री सेल्सियस, चिसो अझै बढ्ने अनुमान


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- देशभर चिसो बढ्दो अवस्थामा छ । काठमाडौंसहित देशभरका शहरमा मापन गरिएको तापक्रम पनि क्रमश: घटिरहेको छ ।

बुधबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३.७ डिग्री सेल्सियस पुगेको छ । यो तापक्रम यसवर्षकै कम हो । यसअघि काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्रीसम्म मापन भएको थियो ।

मौसमविद्हरुले अब तापक्रम अझै घट्ने र चिसो बढ्ने अनुमान रहेको बताएका छन् । तराई–मधेसका जिल्लाहरुमा पनि चिसो ह्वात्तै बढेको छ । ती जिल्लाका अधिकांश क्षेत्रमा बाक्लो हुस्सु–कुहिरो लागेको छ ।

साथै मध्य र पश्चिमी पहाडी भूभाग तथा काठमाडौं उपत्यकाका केही स्थानहरूमा समेत सामान्य हुस्सु कुहिरो लागेको मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हुस्सु कुहिरोका कारण तराईका जिल्लामा हुने हवाई उडान प्रभावित भएको छ ।

 मौसम पूर्वानुमान महाशाखाले जारी गरेको ३ दिने मौसमको पूर्वानुमान यस्तो छ :

पौष २ गते (बुधबार)

दिउँसो: देशको पूर्वी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राति: देशको पूर्वी र पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

पौष ३ गते (बिहिबार)

दिउँसो: देशको पश्चिमि भु-भाग लगायत पूर्वी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राति: देशभर आंशिक बदली रहनेछ।

पौष ४ गते (शुक्रबार)

दिउँसो: देशको पश्चिमि र मध्य भु-भाग लगायत पूर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य वदली रही बाँकी भू-भागमा आंशिक वदली रहनेछ। साथै पश्चिम भेगका एक दुइ स्थान मा हल्का वर्षा हुने सम्भावना छ ।

राति: देशभर आंशिक देखि सामान्य वदली रहने छ । साथै पश्चिम भेगका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

 

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  ८ : ४६ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम