ए डिभिजन लिगः थ्रीस्टार र जावलाखेल तथा एपीएफ र मनाङ मर्स्याङ्दी भिड्दै | Khabarhub Khabarhub

ए डिभिजन लिगः थ्रीस्टार र जावलाखेल तथा एपीएफ र मनाङ मर्स्याङ्दी भिड्दै


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज दुई वटा खेल हुँदैछन् ।

लिगको चौथो दिन थ्री स्टार क्लबले जावलाखेल युथ क्लब तथा मनाङ मर्स्याङ्दी क्लबले विभागीय टिम एपीएफसँग खेल्नेछ ।

दिनको पहिलो खेलमा थ्री स्टारले जावलाखेलसँग सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रतिस्पर्धा गर्नेछ । खेल मध्यान्न साढे १२ बजे सुरु हुनेछ ।

यस्तै आजै हुने दोस्रो खेलमा साविक विजेता मनाङ मस्यााङ्दी क्लब र विभागीय टोली एपीएफबीच प्रतिस्पर्धा हुनेछ ।

दशरथ रंगशालामा हुने खेल दिउँसो साढे २ बजे शुरु हुनेछ ।

अधिकांश ठूला स्टारले क्लब छाडेपछि मनाङले नयाँ टिम बनाएको छ । दुवै टिम लिगमा सुखद सुरुवात गर्ने दाउमा रहेका छन् ।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  ६ : ५५ बजे

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा