सत्य निरुपण तथा मेलमिलाप आयोगका लागि छानिए पदाधिकारी (सूचीसहित) | Khabarhub Khabarhub

सत्य निरुपण तथा मेलमिलाप आयोगका लागि छानिए पदाधिकारी (सूचीसहित)


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगका पदाधिकारीको नाम सार्वजनिक भएको छ ।

सिफारिस समितिको आइतबार बसेको बैठकले सोमबार अध्यक्ष तथा सदस्यको नाम सार्वजनिक गर्ने निर्णय गरेपछि समितिले आह्वान गरेको दरखास्त भरेकामध्ये मापदण्ड पूरा भएका र समितिले थप गरेका समेत ६१ जनाको नाम सिफारिस समितिले सार्वजनिक गरेको हो ।

सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष हुन कमलनारायण दास र मधुप्रसाद रेग्मी इच्छुक रहेकोमा सिफारिस समितिले गणेशदत्त भट्टको नाम थप गरेको समितिले जनाएको छ । यस्तै, युवराज सुवेदीले दुवै आयोगको अध्यक्ष हुन चाहेका छन् ।

त्यसैगरी दुवै आयोगका अध्यक्ष वा सदस्य बन्ने इच्छुकमा १० जनाको नाम छ । सलाहुद्दीन अख्तर सिद्दिकी, दुर्गाबन्दु पोखरेल, दुमनसिंह थापा क्षेत्री, रेवन्तबहादुर कुँवर, अली अकवर मिकरानी, ताराबहादुर न्यौपाने, गोपीचन्द्र भटट्राई, सीताप्रसाद पोखरेल, गोविन्द गौतम र अरबिन्दकुमार सिंहले दुवै आयोगको अध्यक्ष वा सदस्यका लागि फाराम भरेको समितिले जनाएको छ ।

सार्वजनिक भएका ती नामहरुमा उजुरी गर्न पाँच दिन समय दिइनेछ र त्यसपछि नाम सिफारिस हुनेछ ।

दुवै आयोगमा पदाधिकारीहरुमा चाहना राख्ने पुरानै नामका व्यक्तिले पनि फारम भरेका छन् भने व्यक्ति आफैँले र विभिन्न संस्थामा सिफारिस गरेका तथा समितिले सिफारिस गरेका नामहरु पनि रहेको उनको भनाइ थियो ।

पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा गत चैतमा सरकारले दुई आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति गठन गरेको थियो ।

पदाधिकारीका लागि सम्भावित नामहरुमा उजुरी आह्वान गर्ने प्रक्रियाबाहेक अरू काम हुन सकेको छैन । अब भने प्रक्रिया अगाडि बढ्ने तय भएको छ ।

दुवै आयोग पदाधिकारीविहीन हुँदा सङ्क्रमणकालीन न्यायमा ढिलाइ भइरहेको भन्दै द्वन्द्वपीडित साझा चौतारीले एक प्रेस विज्ञप्ति जारी राजनीतिक दलबीचको सहमतिले सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगहरुमा निष्पक्ष, स्वतन्त्र र पारदर्शी प्रक्रियाद्वारा गठन हुनुपर्ने मान्यतामा धावा बोलेको जनाएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  १ : ३६ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम