रुविनाको अर्धशतकमा काठमाडौंको जित | Khabarhub Khabarhub

रुविनाको अर्धशतकमा काठमाडौंको जित


३० आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं क्विन्सले वुमेन च्याम्पियन्स लिग (डब्लुसीएल) मा सुखद् शुरुवात गरेको छ । बिहीबार बिहान भएको खेलमा पोखरा पल्टनलाई ८२ रनले पराजित गर्दै काठमाडौंले पहिलो जित हात पारेको हो ।

त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा काठमाडौंले दिएको १५३ रनको विशाल लक्ष्य पछ्याएको पोखरा १६ ओभर ५ बलमा सबै विकेट गुमाएर ७० रन मात्रै बनाउन सक्यो ।

पोखराका लागि कप्तान सिता राना मगरले १७ तथा बिन्दु रावलले १३ रन जोडिन । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

पोखरालाई सस्तैमा समेट्न काठमाडौंकी सरस्वती कुमारी र अप्सरी बेगमले समान २–२ विकेट लिईन् । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ५ विकेट गुमाएर १५२ रन बनाएको थियो ।

काठमाडौंको लागि कप्तान रुबिना क्षेत्रीले नटआउट ८३ रनको अर्धशतकीय इनिङ्स खेलेकि थिइन् । उनले ६७ बलको सामना गर्दै १४ चौका र २ छक्का प्रहार गरिन् ।

यस्तै काठमाडौंका लागि रोमा थापाले १९, सोभा आलेले १२ तथा ईश्वरी बिष्टले अविजित १० रन प्रहार गरिन् । काठमाडौंविरुद्ध पोखराकी अनुराधा चौधरीले ४ तथा कविता कुँवरले १ विकेट लिईन् ।

जितसँगै काठमाडौंले २ खेलमा २ अंक जोडेको छ । पहिलो खेलमा काठमाडौं बुधबार चितवनसँग ५ विकेटले पराजित भएको थियो ।

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहीबार  १ : १३ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई