खानामा गुलियो र प्रोटिनको मात्रा बढी भएको त छैन ? स्वास्थ्यमा पुर्‍याउँछ यस्तो असर | Khabarhub Khabarhub

खानामा गुलियो र प्रोटिनको मात्रा बढी भएको त छैन ? स्वास्थ्यमा पुर्‍याउँछ यस्तो असर


३० आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अझै चाडपर्व सकिएको छैन । मुखमै तिहार र छठ पर्व छन् । अरु तुलनामा यो समयमा माछामासु तथा प्रोटिनयुक्त खानेकुरा बढी प्रयोगमा ल्याइन्छ ।

हामीले विभिन्न खाना र पेय पदार्थको सेवन गर्ने गर्छौ । यसमा गुलियो पेय पदार्थ र प्रोटिनको मात्राको भने ख्याल गर्नुपर्छ । किनकी खानामा खुलियो पेय पदार्थ र प्रोटिनको मात्रा बढी भएको खाना एकैसाथ खानु स्वास्थ्यका लागि हानिकारक हुने चिकित्सक बताउँछन् ।

“बिएमसी न्युट्रिसन” जर्नलमा प्रकाशित एक अनुसन्धानका अनुसार गुलियो पेय पदार्थ र उच्च प्रोटिनयुक्त खानाहरु जस्तै माछामासु, चीज आदि खानाले शरीरमा बोसोको संचय बढाउने र कालान्तरमा त्यो शरीरको लागि हानिकारक हुने उल्लेख छ ।

मानिसलाई थप नुनिलो खानेकुरा खान प्रेरित गर्ने कुरा पनि सो अनुसन्धानपछि प्रकाशित लेखमा उल्लेख गरिएको छ । सो अनुसन्धान औषत २३ वर्ष उमेर भएका २७ जना युवाहरुमा गरिएको थियो । अनुसन्धानमा भाग लिएकाहरुलाई १५ प्रतिशत र ३० प्रतिशत प्रोटिन भएको खाना र गुलियो पेय पदार्थ खान दिइएको थियो ।

अनुसन्धानमा सम्मिलित पोषण विज्ञ डा. इयान जोनसनका अनुसार गुलियो पेय पदार्थ र प्रोटिनयुक्त खानाले शरीरको शक्तिसंचयको आन्तरिक प्रक्रियामा असर गर्ने र तौल बढाउने तथ्य यस अनुसन्धानले स्थापित गरिदिएको छ ।

त्यसोत सन्तुलित आहार नहुँदा शरीरमा विभिन्न किसिमका रोगको संक्रमण शुरु हुन्छ । त्यसैले रोग लाग्नु भन्दा पहिले यसबारे सचेत हुनु जरुरी हुन्छ ।

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहीबार  ७ : ३७ बजे

दक्षिण कोरियाले गर्‍यो नानोस्याटेलाइट प्रक्षेपण

काठमाडौं– दक्षिण कोरियाले पहिलो नानोस्याटेलाइट प्रक्षेपण गरेको छ । सन्

आईपीएलमा आज कोलकोता र पञ्जाब खेल्दै

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज एक खेल हुँदै

गाजा युद्धको विरोध भएपछि अमेरिकाका विश्वविद्यालयबाट सयौं विद्यार्थी पक्राउ

न्युयोर्क – अमेरिकाको विश्वविद्यालयहरुमा गाजा युद्धको विरोध हुन थालेपछि सयौं

कालिकामा एकल, दलित र विपन्न महिलालाई सवारी चालक तालिम

नारायणगढ– कालिका नगरपालिकाले एकल, दलित र विपन्न वर्गका महिलालाई आत्मनिर्भर

भारतीय चुनाव : आज दोस्रो चरणको मतदान

काठमाडौं– भारतीय लोकसभाका लागि उधुम गर्मीका बाबजुद आज बैशाख १४