जुनियर व्याडमिन्टनतर्फ विश्व वरियतामा प्रिन्सको छलाङ | Khabarhub Khabarhub

जुनियर व्याडमिन्टनतर्फ विश्व वरियतामा प्रिन्सको छलाङ


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले जुनियर तर्फको विश्व वरियतामा छलाङ मारेका छन् ।

विश्व व्याडमिन्टन संघले मंगलबार सार्वजनिक गरेको नयाँ वरियता अनुसार प्रिन्स ५४ औं स्थानमा उक्लिएका हुन् । यसअघि प्रिन्सको बरियता जुनियरतर्फ १०३ औं स्थानमा थियो । यो नै नेपाली खेलाडीको जुनियरतर्फको अहिलेसम्मको माथिल्लो वरियता हो ।

उनले दुबई जुनियरमा देखाएको प्रदर्शनका आधारमा उनको बरियता सुधार भएको हो । यु–१९ दुबई इन्टरनेसनल सिरिज २०१९ मा स्वर्ण पदक जितेका थिए ।

प्रिन्सले फाइनलमा बरुण कपुरलाई २१–१९ र २१–१९ को स्कोरमा पराजित गर्दै उपाधि उचालेका थिए । त्यस्तै, सानीया चन्द र प्रिन्सको जोडीले डबल्समा रजत पदक हात पारेका थिए ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  ६ : ५४ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई