विप्लव समूहको 'गोप्य कार्यालय'बाट कटुवा पेस्तोलसहित ‘महत्वपूर्ण दस्तावेज’ बरामद | Khabarhub Khabarhub

विप्लव समूहको ‘गोप्य कार्यालय’बाट कटुवा पेस्तोलसहित ‘महत्वपूर्ण दस्तावेज’ बरामद


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बिर्तामोड– सरकारको प्रतिबन्धमा रहेको नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको झापा बिर्तामोडस्थित गोप्य कार्यालयबाट केही हतियार र दस्तावेजहरु बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले सोमबार राति बिर्तामोड नगरपालिका–४ स्थित अनुल सारु मगरको कोठामा छापा मारेको थियो । विप्लव समूहका कार्यकर्ता रहेका भनिएका सारुको कोठाबाट उक्त समूहले गोप्य कार्यालय सञ्चालन गर्दै आएको सूचनामा प्रहरीले छापा मारेको थियो ।

जिल्ला प्रहरी कार्यालय झापाले सारुको कोठाबाट कटुवा पेस्तोल २ थान, त्यसमा लाग्ने गोली ४ राउण्ड, चन्द संकलनसँग सम्बन्धित कागजात, विभिन्न माइन्यूट बूक, डायरीसहितका दस्तावेज फेला परेका जनाएको छ ।

प्रहरीले सारुको कोठामा छापा मार्ने क्रममा ३ जनालाई पक्राउ समेत गरेको थियो । पक्राउ पर्नेमा छापा मारिएको कोठामा डेरा गरी बस्ने मकवानपुरको भीमफेदी घर भएका २६ वर्षी अनुल सारु मगर, बिर्तामोड–४ मेघावारी चोक बस्ने ४४ वर्षीय टिका पोखरेल र इलामको माङमेवुङ घर भएका ३४ वर्षीय प्रविन मिश्र छन् ।

गत भदौ २२ गते राति विर्तामोड नगरपालिका–२ चारपानेमा भएको विस्फोटको घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरी विप्लव समूहको गोप्य कार्यालयसम्म पुगेको थियो ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको संयुक्त टोलीले विप्लव समूहको ‘गोप्य कार्यालय’मा छापा मारेको थियो ।

प्रहरी टोलीले बिर्तामोडमा भएको बम विस्फोटमा संलग्न भनिएका टिका पोखरेल र प्रविन मिश्रलाई बिर्तामोड नगरपालिका–४ बाट पक्राउ गरेको थियो ।

उनीहरुकै बयानको आधारमा बिर्तामोडस्थित गोप्य कार्यालयबारे सूचना मिलेको प्रहरी स्रोतले जनाएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  १२ : ३४ बजे

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख २१ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र