शिक्षा नीति परिवर्तन गरेर समुन्‍नत समाज बनाऔं | Khabarhub Khabarhub

शिक्षा नीति परिवर्तन गरेर समुन्‍नत समाज बनाऔं



कुनै पनि समाजको बालबच्चा, युवा युवती, प्रौढ तथा बृद्द बृद्दा अथवा हरेक नागरिकले जे सिक्छन जे ज्ञान पाउँछन् ती सबै समाजको सिकाई पद्दति अथवा देशको शिक्षा नीतिले निर्धारण गर्दछ।

असल शिक्षा नीतिले राष्ट्रमा अशल नागरिक जन्माउँछ, सामाजिक व्यक्ति जन्माउँछ, भविष्यको कर्णधार जन्माउँछ, कुशल शिक्षक जन्माउँछ, जिम्मेवार राष्ट्र सेवक जन्माउँछ, राष्ट्रिय जनशक्ति जन्माउँछ र राष्ट्रको समृद्दिको सम्बाहक जन्माउँछ।

मेरो, देशको शिक्षा नीति नै देश द्रोही छ, राष्ट्रघाती छ त्यसैले मेरो देश भित्र समस्यै समस्या छ, यत्रतत्र सर्वत्र लथालिङ्ग भताभुङ्ग छ । अनि विश्वमानचित्रमा गरीब मुलुकको रुपमा सुचिकृत छ।

यो आरोप होईन, तथ्य हो । वास्तवमा नेपालको शिक्षा नीति नै देश द्रोही अनि राष्ट्रघाती छ ! प्रश्न अवश्य उब्जिन्छ, किन छ त हाम्रो देशको शिक्षा नीति राष्ट्रघाती !

मौलिक अधिकारको हनन् :

शिक्षा/ज्ञान पाउनु व्यक्तिको मौलिक अधिकार हो भने शिक्षाको पहुँचमा आफ्ना सम्पूर्ण नागरिकलाई समान अवसर दिनु राज्यको कर्तब्य हो।

नेपालमा यो कर्तब्य राज्यले गलत शिक्षा नीतिको कारणले पुरा गर्न सकेको छैन किनकि हाम्रो शिक्षा पद्दतिले न नागिरकलाई सिकायो, न राज्य संयन्त्रलाई सिकायो, न प्रशासनिक निकाय लाई सिकायो, न त राजनैतिक नेतृत्वलाई नै।

कम्तिमा आधारभूत आवश्यकताहरु गास, बास, कपास र सहबास (सपरिवार सँगै बस्न पाउनु) सहज रुपमा प्राप्त गर्नु मानवीय सामान्य जिबिकोपर्जनका आधारहरु हुन्। अझ भनौं, अनिवार्य शर्त हुन्।

खराब छ त केवल समाजको सिकाई पद्दति र राष्ट्रको शिक्षा नीति। त्यसैले राष्ट्रघाती शिक्षा नीति परिवर्तन गरेर शिक्षित्, कुलीन, विशिष्ट र सम्भ्रान्त नेपाली समाज निर्माण गरौँ।

यो अनिवार्य शर्त पुरा गर्न नदिने कारक तत्व हाम्रो शिक्षा नीति कै उपज हो। हाम्रो प्राचीन युगमा समेत विशिष्ट ग्रन्थ वेदले गास, बास, कपास र सहवास बाहेक शिक्षा र स्वास्थ्यलाई पनि मानवीय आधारभूत आवश्यकता भित्र समेटेको थियो।

आजको युगमा पनि शिक्षा र स्वास्थ्य पनि मानवीय आधारभूत आवस्यकता भित्र पर्दछन भन्ने कुरा संयुक्त राष्ट्रसंघले समेत प्रमाणित गरिसकेको सकेको छ। तर, मेरो समाजको गलत सिकाई पद्दति अथवा शिक्षा नीतिका कारणले न राम्रो संग बाँच्न जान्यौं न त राज्यले नै सिकायो।

त्यसैले मानवीय मौलिक अधिकार समेत हनन् गर्ने हाम्रो शिक्षा नीति नै राष्ट्रघाती छ।

विभेदकारी शिक्षा प्रणाली :

समाजले अथवा सरकारले लिएको शिक्षा नीतिले जनतालाई अत्याचार गरेको छ।

धनाढ्यले धनको आधारमा शहरहरुमा शिक्षा किन्न पाउने प्रवन्ध राज्यले नै मिलाई दिएको छ भने जति सुकै प्रतिभावान भएपनि ग्रामीण तथा सरकारी बिद्यालयहरुमा हाजिर गरेर तलब पकाउने जागिरेहरुको ब्यबस्था गरेर गरीबको सन्तानलाई उत्कृष्ट शिक्षा पाउन नसक्ने गरी ढोकामा ताल्चा ठोक्दै राज्य स्वयंले विभेदकारी शिक्षा नीति लिएर राष्ट्रघात गरिरहेको छ।

प्रतिभालाई तिरस्कार:

राज्यको शिक्षा नीति त आफ्नो देश भित्र भएको सिर्जनात्मक प्रतिभालाई खोजि खोजि अवसर प्रदान गर्छ र राज्यको हीतमा बढी भन्दा बढी योगदान गर्ने मौका दिन्छ तर हाम्रो देशको शिक्षा नीतिका उपजले राम्रालाई भन्दा हाम्रालाई; मेहनत र ईमानलाई भन्दा नातावाद, कृपावाद, चाकडी, चाप्लुसीलाई अवसर अवसर दिन्छ अनि प्रतिभालाई चाहिं तिरस्कार गरेर हाम्रो शिक्षा नीतिले राष्ट्रघात गरेको छ।

मानवीय पुँजी पलायन गर्न जिम्मेवार :

एउटा बच्चालाई गर्भमा आएपछि जन्माउदा, हुर्काउदा, बढाउँदा, पढाउँदा परिवार र राज्यको लाखौँ लाख लगानी भै सकेको हुन्छ। तर हाम्रो देशको आजको परिवाश हेरौँ : जब माध्यमिक शिक्षा पुरा हुन्छ अथवा किशोर अवस्था पार गरेर राष्ट्रलाई मानवीय पुँजीले विकास निर्माणमा योगदान गर्ने, उत्पादकत्व दिने र कर तिर्ने जनशक्ति तयार हुन्छ।

तब उच्च शिक्षा र विप्रेषण प्राप्तिको निहुँमा आफ्नो थात थलो अनि परिवार र देश छोडेर पराया भुमीमा बिदेशीको दास दासी बन्न आफ्नो मानवीय पुँजीलाई बाध्य बनाई देशबाट लखेटेर राष्ट्र घात गर्छ मेरो देशको शिक्षा नीतिले।

विदेशीलाई फाईदा हुने शिक्षा :

बिकसित देशहरुले युगौं युग सम्म आफ्नो देशमा कुन कुन क्षेत्रमा, के कस्ता, कति जनशक्ति उत्पादन गर्ने हो, सोही बमोजिम पाठ्यक्रम विकास गर्छ र कार्यन्वयन गर्छ।

कुशल शिक्षा नीति लागु गर्छ र राष्ट्रिय आवश्यकता बमोजिम जनशक्ति उत्पादन गरेर एकातर्फ आफ्ना नागरिकहरुलाई प्रसस्त रोजगारी र वृत्ति बिकासको अवसर दिन्छ भने राज्यले राष्ट्र निर्माणमा भरपुर उपयोग गराउँछ। तर मेरो देशको शिक्षा नीति, न नागरिकको हीत मा छ न त राष्ट्रकै।

पुर्व प्राथमिक तहबाट नै विदेशीलाई हीत हुने भाषा, पाठ्यक्रम, शिक्षा र संस्कार लाधेको छ। आफ्ना परिवार, समाज र देशको आवश्यकता एकातिर तर देशको शिक्षा नीति अर्को तिर।

अपवाद बाहेक – कि त बिकसित मुलुकहरु: जापान, युरोप, अस्ट्रेलिया, अमेरिका आदिमा गएर तल्लोदर्जाको श्रमिक कि त खाडी मुलुक, कोरिया, मलेसिया आदि मुलुक निर्माणमा योगदान गराई केवल विदेशीलाई फाईदा हुने राष्ट्रघाती शिक्षा नीति लागु गरेको छ मेरो देशले।

आफ्नो मौलिक पद्दतिलाई तिरस्कार :

हिमालयको काखमा अवस्थित रहेको नेपाल, हजारौं हजार बर्ष पहिले नै व्याकरण र ज्ञानको भण्डार रहेको संस्कृत भाषाको विकास गर्ने; वेद, पुराण, नीति तथा गीता, रामायण, महाभारत, जस्ता ग्रन्थहरु मार्फत आध्यात्मिक, सामाजिक, राजनैतिक, आर्थिक, बैज्ञानिक, स्वास्थ्य, शिक्षा विधाहरुमा संसारमै सभ्यताको ज्योति चम्काउन सफल पवित्र देवभूमी; ब्रम्हज्ञान वेत्ता ऋषिमुनीहरुको तपोभूमि, विश्वलाई सभ्यताको मार्गदर्शन गर्नु पर्ने मेरो देश आज एक्काइसौं शताब्दीमा आएर आफ्नो मौलिक पद्दतिलाई तिरस्कार गरेर विश्वकै गरीब, मगन्ते, बिपन्न, परनिर्भर रहनु पर्ने आवस्था आउनुको पछाडी अवश्य पनि देशको राष्ट्रघाती शिक्षा नीति जिम्मेवार छ भन्ने कुरामा सन्देह छैन।

अनुसन्धान तथा विकासलाई गौण प्राथमिकता:

आजको एक्काइसौँ सताब्दीमा कुनै पनि देशको उन्नतिको आधारशीला भन्नु नै अनुसन्धान तथा विकास हो।

आफ्नो देशलाई उपयोगी प्रबिधि भित्र्याउन राज्यले संसार भरीको ज्ञान/बिज्ञान बटुल्न सम्पूर्ण राज्य संयन्त्र प्रयोग गरेको हुन्छ।

मेरो देश: संसारकै उत्कृष्ट नमुना हावापानी, जलश्रोत, जैविक बिबिधता, विश्वको शीर हिमालय खण्ड, संसारको सबै भन्दा बढी उपभोगताको नजिक, पुर्खौँ पुर्खा बाट ज्ञान अनि सभ्यताको जग बसेको, सांस्कृतिक बिबिधता भएको अत्याधुनिक युगमा पनि अनुसन्धान तथा विकासलाई गौण प्राथमिकता दिएको कारण आफ्नै पहिचान गर्न नसकेर बुद्दी र विवेकको बिर्को बन्द गराएर राष्ट्रघात गरेको छ हाम्रो शिक्षा नीतिले।

गलत सिकाई पद्दति :

हाम्रो अहिलेको सिकाई पद्दति नै गलत छ। नर्सरीबाट नै आफु भन्दा भारी झोला गधालाई झैं बोकाउने, सुगालाई झैं चार दिवारको पिंजडामा “गोपी कृष्ण कहु पटु” भने झैं नोट घोकाउने, बच्चा ले नचाही नचाही कुटी कुटी हप्की दप्की गरी गरी सीमित पाठ्यक्रम लाध्ने र प्रमाणपत्रमा जसरी हुन्छ धेरै अंक जोड्ने काम भएको छ।

सर्वबिधित कुरा सबैको एउटै क्षमता, प्रतिभा र ईच्छा पनि हुदैन र यो संसारमा शिक्षा लिनु दिनु पर्ने करोडौं विधाहरु हुन्छन भन्ने जान्दा जान्दै बहुआयामिक प्रतिभाहरुको क्षमता, ईच्छा, तत्परता र सिर्जनशीलतालाई मारेर सीमित पाठ्यक्रम गलत सिकाई पद्दतिमा बाँध्ने हाम्रो शिक्षा नीति राष्ट्रघाती छ।

गलत सिकाईको श्रोत:

भनिन्छ नि पाउनु भन्दा पनि संरक्षण र सम्बर्द्धन गर्नु ठुलो कुरा हो। हामीले विश्वको शीर सगरमाथा पायौं, शान्ति दूत महामानव गौतम बुद्ध पायौं, मानव सभ्यताको जननी वैदिक सभ्यता पायौं तर आज यी तथ्यहरु पनि पराया समाजले उनीहरुका अनुकुलका भाषा, शैली, संस्कार र लिखतबाट अनुवाद गरिएका अनि गूगल तथा युट्युबमा उनीहरुको अनुकुल राखिएका अंशहरुबाट जान्नु पर्ने अवस्था सिर्जना भयो।

आज एक्काइसौँ शताब्दीमा आएर संसारको सामु हामी भीख मागेर देश चलाउन बाध्य छौं। घरमा दाल रोटी जुटाउन, परिवारको पेट पाल्न देशका होनाहार युवा शक्ति संसार भर भौंतारिंदै रगत र पसिना बगाउदै हिड्नु परेको छ।

उदाहरणको लागि हिन्दु शब्द: अंग्रेजहरुले भारतलाई उपनिवेश बनाउदा हिमालय खण्डका संस्कार र बासिन्दालाई जनाउ गरिएको शब्द। माउण्ट एभरेष्ट: एभरेष्ट भन्ने व्यक्तिले हाम्रो सगरमाथा (सगर+माथा=विश्वको शीर) लाई उसको आफ्नो नाउँबाट राखेको नाम घोकेर जान्नु पर्ने – यस्ता कैयौं उदाहरण छन्।

अझ अहिले त “सामाजिक संजाल विद्यालयले” त हाम्रो समाजलाई पुरै पृथक शिक्षा दिईरहेको छ। अझ सोझै भनौं नेपाल र नेपालीबाट निक्कै टाढा लैजाने गलत सिकाईका श्रोतहरुबाट प्रशिक्षित् गराई रहेको हुनाले हाम्रो शिक्षा नीति राष्ट्रघाती छ।

गलत मानसिकताको विकास :

देशको शिक्षा नीतिले नै हो कुनै पनि बच्चाको, व्यक्तिको र समाजको मानसिकताको विकास गराउने। हाम्रो देशको शिक्षा नीतिले विदेश नै राम्रो, विदेशी धर्म राम्रो, विदेशी संस्कार राम्रो, विदेशी संस्कृति राम्रो, विदेशी भाषा राम्रो, विदेशी शिक्षा राम्रो, विदेशी भेसभुषा राम्रो, विदेशी उत्पादन राम्रो, विदेशी ठाउँ राम्रो, विदेशी मान्छे राम्रोजस्ता भ्रामक एवम् गलत मानसिकताको विकास गरेको छ ।

एउटा गोरा मान्छे आएर सोध्यो भने सबै व्यक्तिगत, पारिवारिक, सामाजिक र राष्ट्रिय गोपनीयता सुम्पिने गलत मानसिकता विकास गरी राष्ट्रघात गरेको छ हाम्रो शिक्षा नीतिले।

पैसा नै ठुलो :

हाम्रो शिक्षा नीतिले पैसा सबै भन्दा ठुलो मान्ने मात्र समाज उत्पादन गर्यो। शिक्षा, ज्ञान बिज्ञान, मेहनत र ईमानलाई तुच्छ बनायो। अझ भनौं मेहनत नगरी दलाली गरी धन थुपार्ने; अरुको सित्तै खाने; ढाँट छल, कालाबजारी गर्ने; पाए सम्म अरुको सित्तैं खाने; पैसाको लागि जति सुकै तुच्छ हर्कत पनि निभाउने; भ्रष्ट्राचारी, घुषखोरी, अत्याचारी, दुराचारी जे जे गरे पनि छुट पाउने समाज निर्माण गरेर राष्ट्रघात गरेको छ हाम्रो शिक्षा नीतिले।

ब्यापारी शिक्षा प्रणाली :

नेपालको शिक्षा प्रणाली ब्यापारी छ, त्यो गलत शिक्षा नीति कै उपज हो। पैसा भए आलू, दाल, चामलको पसल खोले जस्तो बिद्यालय: शैक्षिक पसल खोल्न सकिन्छ।

शैक्षिक पसलेको शैक्षिक विज्ञता भए पनि हुन्छ नभए पनि हुन्छ। तर लगानी गर्छ, राम्रा राम्रा अंक भएको प्रमाणपत्र बेच्छ र अकुत नाफा कमाउन पाउछ। त्यसैले हाम्रो ब्यापारी शिक्षा नीति राष्ट्रघाती छ।

समाजमा भाँडा:

हाम्रो सिकाई पद्दतिले समाजमा सबै भन्दा ठुलो म मात्र हो भन्ने पढायो। मेरो जात मात्र ठुलो हो, मेरो धर्म मात्र ठुलो हो, मेरो क्षेत्र/प्रदेश मात्र ठुलो हो, मेरो बर्ग मात्र ठुलो हो भन्ने समाज भाँडा शिक्षा मात्र दियो।

आफ्नो अधिकारको लागि बन्द, हड्ताल, लडाई, युद्द गर्न सिकायो। हाम्रो जस्तो बहुल समाजमा समंजस्यता सिर्जना गर्नुको सट्टा भाँडा समाज जन्माएर राष्ट्रघात गर्यो हाम्रो शिक्षा नीतिले।

गैर जिम्मेवार:

समाजमा इर्श्या, वैमनस्यता, अशान्ति जन्माउन सिकायो। आफुलाई स्वार्थी बन्न सिकायो, आफ्नो अधिकार मात्र सिकायो तर आफ्नो समाज र राष्ट्र प्रति कर्तब्य र दायित्व सिकाएन।

आफ्नो देश र समाज प्रति गैर जिम्मेवार नागरिक उत्पादन गरेर, भ्रष्ट्र नेताहरु जन्माएर, कामचोर र घुषमा बिक्ने कर्मचारी जन्माएर, कालाबजारी गर्ने स्वार्थी ब्यबसायी जन्माएर राष्ट्रघात गर्यो हाम्रो शिक्षा नीतिले।

आज एक्काइसौँ शताब्दीमा आएर संसारको सामु हामी भीख मागेर देश चलाउन बाध्य छौं। घरमा दाल रोटी जुटाउन, परिवारको पेट पाल्न देशका होनाहार युवा शक्ति संसार भर भौंतारिंदै रगत र पसिना बगाउदै हिड्नु परेको छ।

हामी किन संसार सामु असभ्य, दरिद्र, कम्जोर, मगन्ते भएर हिड्नु परेको छ त ? हाम्रो जीवनमा पाएको सिकाईको कारणले होईन र ? हाम्रो समाज र बिद्यालयहरुले पढाएको सिकाएको शिक्षाको कारणले होईन? हाम्रो शिक्षा नीतिको कारणले होईन?

प्रकृतिले सानो देश भएपनि सम्पूर्णआधारहरु: सामाजिक आधार(साम्प्रदायीक विविधता, सांस्कृतिक विविधता), भोगौलिक आधार(हिमाल, पहाड र तराई), विज्ञानको आधार(वेद), आध्यात्मिक आधार(अध्यात्मिक/दैवी स्थल, गौतम बुद्द तथा ऋषि मुनीहरु), वातावरणीय आधार (५ प्रकारको हावापानी), आर्थिक आधार (प्राकृतिक संसधान, जलश्रोत, पर्यटन, कृषी, जैविक विविधता) तथा जनसंख्या लगायत हरेकमा तत्वहरु भरपुर सम्पन्न भए पनि हाम्रो सोच असभ्य, दरिद्र, कम्जोर, मगन्ते भएर होईन त ? हो, वास्तबमा न त हामी कम्जोर छौं, न खराब, न त गरीब छौं।

खराब छ त केवल समाजको सिकाई पद्दति र राष्ट्रको शिक्षा नीति। त्यसैले राष्ट्रघाती शिक्षा नीति परिवर्तन गरेर शिक्षित्, कुलीन, विशिष्ट र सम्भ्रान्त नेपाली समाज निर्माण गरौँ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  ८ : ४१ बजे

पुष्पा–२ ले रिलिज अघि नै एकहजार करोड कमाउने

मुम्बइ– अल्लु अर्जुन अभिनीत फिल्म ‘पुष्पा– २’ ले रिलिजअघि नै

बनेपामा यातायात व्यवस्था कार्यालय स्थापना हुने

धुलिखेल– काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बडोलस्थित नगरपालिकाको स्वामित्वमा रहेको बुडोल सपिङ

कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु

कैलाली– कैलालीका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध

हामीलाई कमजोर ठाने उथलपुथल हुन्छ : माधव नेपाल

रौतहट– एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूहरूलाई

नौ वाणिज्य बैंक : जसको शेयर मूल्य प्रतिकित्ता दुई सय पनि पर्दैन 

काठमाडौँ– कुनै बेला शेयर बजारमा एकछत्र राज गरेका वाणिज्य बैंकहरुको